बाँकेका अघोषित घुमुवालाई बर्दी लगाई ड्यूटीमा नखटाई बिना काम भित्र राखिएको तथ्य बाहिरियो

बाँकेका अघोषित घुमुवालाई बर्दी लगाई ड्यूटीमा नखटाई बिना काम भित्र राखिएको तथ्य बाहिरियो

काठमाडौं, २९ जेठ । उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको कडा निर्देशन र आईजीपी सचिवालयले दिएको आदेशको ठाडो उल्लंघन गर्दै लुम्बिनी प्रदेश अन्तरगत जिल्लाहरुमा अघोषित घुमुवा प्रहरीलाई बर्दीमा खटाइरहेको अवस्थामा बाँके प्रहरीमा ५ र बाँके प्रहरी मातहतका कोहलपुर इलाका प्रहरी कार्यालयमा ४ जना गरी ९ जनालाई सादा पोशाक अर्थात घुमुवामा खटाइएको विषयमा विभिन्न मिडियाले सार्वजनिक गरेपछि घुमुवामा खटिएका सबै प्रहरीलाई अहिले कार्यालयभित्र नै राखिएको प्रहरी स्रोतले जनाएको छ ।
उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको कडा निर्देशन, आईजीपी सचिवालयले दिएको आदेश र लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सादा पोशाक (घुमुवा) मा प्रहरी नखटाउने भनी संचार मार्फत जानकारी गराएपनि बाँके प्रहरी र बाँके मातहतमा रहेको कोहलपुर इलाका प्रहरी कार्यालयले ९ जना घुमुवामा प्रहरी छाडेको कुरा लुम्बिनी प्रदेश डिआईजी कुबेर कठायतलाई जानकारी हुँदा पनि कुनै एक्सन भने लिएका छैनन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले मातहतमा रहेका १२ जिल्लामा संचार पठाई सादा पोशाकमा प्रहरी नखटाउने भनिएता पनि बाँके जिल्लामा ९ जना प्रहरीलाई सादा पोशाकमा ड्युटीमा खटाएको खबर पाएपनि डिआईजी कठायतले खासै चासो नदिंदा आशंका चर्चा उत्पन्न भएको हो ।
घुमुवाको विषयमा विभिन्न मिडियामा समाचार सम्प्रेषण पछि ती घुमुवालाई फिल्डमा खटाइएको भने छैन तर तिनीहरुलाई बर्दीमा ड्यूटी पनि नखटाइएकोले बुद्धिजीविहरुले आशंकाको दृष्टिले हेर्न थालिएको छ ।
विभिन्न जिल्लाबाट घुमुवा प्रहरीको आंतक र रकम असुलीको गुनासो आएपछि उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेले कुनै पनि जिल्लामा सादा पोशाक (घुमुवा) प्रहरी नराख्ने भन्ने विषयमा कडा निर्देशन दिएका थिए ।