मेयर प्रशान्त बिष्टमाथी जेष्ठ नागरिक समितिको ठाडो आरोप रु अख्तियारले सुक्ष्म अनुसन्धान गर्नु पर्ने देखियो । (अडियो सहित)

मेयर प्रशान्त बिष्टमाथी जेष्ठ नागरिक समितिको ठाडो आरोप रु अख्तियारले सुक्ष्म अनुसन्धान गर्नु पर्ने देखियो । (अडियो सहित)
काठमाडौं, ०८ फागुन । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले जेष्ठ नागरिकको लागि छुट्टाएको बजेटमा रू ४५ लाख हिनामिना गरेको जेष्ठ नागरिक समितिको उपाध्यक्ष बिष्णु सुवेदीले आरोप लगाएका छन् ।
उपाध्यक्ष सुवेदीले को को नेपाली जेष्ठ नागरिकले सुविधा लिए र फत्तेवाल आँखा अस्पतालको बिल भर्पाईको सुक्ष्म अनुसन्धान हुनु पर्ने चाहना राखेका छन् ।
नेपाली जेष्ठ नागरिकको लागि छुट्टाइएको रकम हिनामिना भएको र आरोप समेत आएकोले यस बिषयमा अख्तियारले सुक्ष्म अनुसन्धानको साथै दोषी उपर कानुनी कारवाही हुने पर्नेमा स्थानिय नगरबासी एक मत देखिएका छन् ।