काठमाडौं, ०६ माघ । नेपाल प्रहरी संगठनमा एउटै ओहदामा रहेका प्रहरी उपरिक्षकको पदीय हैसियतको अनुहार भने भिन्नाभिन्नै पाइएको छ । गृह मन्त्रालयले बाँके जिल्लामा काजमा पठाएका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहरा भने अहिले शान्ति सुरक्षा कायम गर्नुको साथै तस्करी न्यूनिकरणमा सक्रिय देखिएका छन् भने लुम्बिनी प्रदेश प्रमुख ट्राफिक प्रहरी उपरिक्षक कृष्ण प्रसाई भने पत्रकारको पर्दाफाश समाचारको कारण आम्दानी सुक्दा पत्रकारसँगै तातिएका छन् ।
बाँके जिल्लामा काजमा आउनु भएका एसपी बोहराभने अहिले अवैध तथा गैर कानुनी कार्य रोक्न अहोरात्र खटिएको महसुस गरिएको छ । उहाँले सिमा नाकाबाट हुने अवैध तथा गैर कानुनी कार्य रोक्न नाकामा रहेका जमुनाहा इप्रका, भन्सार कार्यालयमा खटिएको टोली र सिमा इप्रकाको संयुक्त टोलीलाई अधिकार दिनु भएको छ । यसै गरी सिमा नाकामा हुने कुनै पनि अवैध कार्य रोक्न र कानुनी कारवाही गर्न शुक्रबार तीन वटै टोलीलाई समान अधिकार दिनु भएको छ । संक्षेपमा एसपी बोहराले राज्यले निर्माण गरेको नीति नियम मापदण्ड अनुसारको कार्यमा अहोरात्र खटिएको महसुस गरिएको छ ।
एसपी बोहराले नेपालगन्जमा हुने अवैध जुवा पूर्ण रुपमा रोक्न सफल हुनु भएको छ भने नेपाल कानुन अनुसार प्रतिबन्धित भारुको कारोबार ओसारपोसार रोक्न भारतबाट आउने शंका लागेको यात्रुको खानतलासी गरी प्रतिबन्धित भारु भेटिए कानुन अनुसार कारवाही गर्ने भनी सिमा नाकामा रहेका तिन वटै युनिटलाई कडा आदेश दिनु भएको छ । साथै भारतबाट नेपाल प्रवेश गर्ने कार जिप भ्यानको इन्ट्री भन्दा सुविधा पास धेरैले लिने गरेको गुनासो आएकोले भन्सार कार्यालयको बेरियरमा नेपालगन्जबाट रुपैडिहा (भारत) जाने भारतीय नम्बरका गाडीका कागजात चेकजाँच गर्ने आदेश दिनु भएको छ । भारतीय नम्बर गाडीका कागजात नभएमा भन्सार विभागले प्रति दिन रु. २ हजार ५ सय जरिवाना लिने नियम बनाएको छ भने ट्राफिक प्रहरीले नेपालगन्जको बजारमा कागजात चेक गर्ने काम भने गरेको देखिएको छैन ।
नेपाल प्रहरी संगठनको एउटै ओहदामा बसेको एसपीको राज्य प्रति वफादार अनुहार देखिएको छ भने अर्का पाटोमा लुम्बिनी प्रदेश प्रमुख ट्राफिक प्रहरी उपरिक्षक कृष्ण प्रसाईको व्यवहार भने निकै फरक पाइएको छ ।
ध्वनिखबर मिडियाले नेपालगन्जमा अवैध कार्य रोक्ने अभियान अन्तरगत अवैध पार्किंग हटाउने, भन्सार नभएका भारतीय स्कुटर संचालनमा ल्याउन नदिने तथा भारतीय दुताबासबाट टुरमा अनुमति लिई नेपाली बसले भारतको विभिन्न सहरमा यात्रु बोक्ने कार्य गरेको पर्दाफाश गरेपछि अहिले ट्राफिक प्रहरीको आम्दानीमा ह्रास आएकोले ट्राफिक प्रहरी एसपी प्रसाई पत्रकारसँग सोझो मुखले पनि बोल्दैनन् ।
ध्वनिखबर मिडियाको पहलमा भारतमा खरिद गरी भन्सार नगराई संचालनमा ल्याएका ई–स्कुटरको विषयमा दुई पटक चेकजाँच गर्ने अभियान अन्तरगत ट्राफिक प्रहरीले करिब २० थान ई–स्कुटर बरामद गर्यो । ट्राफिक प्रहरीले बरामद गरेको ई–स्कुटर नियम अनुसार आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बुझाउनु पर्नेमा मिलेमतोमा नै ई–स्कुटर फिर्ता गरियो । जफत गर्ने भनी बरामद गरिएको ई–स्क्टर अहिले कहाँ कुन अवस्थामा छ भन्ने विषयमा ट्राफिक प्रहरी एसपी प्रसाईले जबाव दिनु पर्ने हुन्छ ।


यसैगरी ड्रिमल्याण्ड होटल तथा ह्याप्पी आवर मिनी क्यासिनोको अगाडि अवैध पार्किंगको सम्बन्धमा लुम्बिनी प्रदेश तत्कालिन प्रहरी प्रमुख डिआईजी उमेश जोशीले ट्राफिक प्रहरीलाई दुई पटक कडा आदेश दिएपछि अवैध पार्किंग हटेकोमा उहाँको सरुवा हुने बित्तिकै ट्राफिक प्रहरीले अवैध पार्किग शुरु गराएको प्रमाणसहित ध्वनिखबर मिडियाले पर्दाफाश गरेको छ ।
ट्राफिक प्रहरीको नियम अनुसार मोटर साइकलमा ग्यालेन राखेर दुधको कारोबार गर्न भने पाइदैन तर नेपालगन्जमा सयौंको संख्यामा यो कारोबार हुँदा ट्राफिक प्रहरी मौन बसेको देखिएको छ । यसैगरी भन्सार गराएर ओभर लोड तथा भभ्भड लोडको गाडीलाई जरिवाना मात्र लिई छोड्छ भने ट्राफिक प्रहरी नियम अनुसार ओभर लोड तथा भभ्भड गाडीबाट जरिवाना लिई ठाउँ कै ठाउँ सामान पल्टी गराएर मात्र जान दिनु पर्ने यस्तो कहिले पनि गरेको देखिदैन ।
यसैगरी दांग र प्यूठानबाट भारतीय दुताबासबाट टुरको अनुमति लिई भारतको विभिन्न सहरमा यात्रु बोक्ने कार्य गरेकोमा अहिलेसम्म ट्राफिकले एउटा बसलाई कारवाही गर्न सकेको भने देखिएको छैन ।
त्यस्तै नेपालगन्ज, दांग, बर्दिया लगायत जिल्लाहरुमा ट्रिपर, ट्याक्टरले नदीजन्य पदार्थ ल्याउँदा नियमानुसार नभएपनि सहज रुपमा ओसारपोसार गरेको पाइएको छ ।