काठमाडौं, ०९ पुष । गृह मन्त्रालयको आर्शिवादको कारण नेपालगन्ज बाँके जिल्लामा काज सरुवा भएका बाँके सिडियो र बाँके प्रहरी एसपीले इलेक्ट्रोनिक्स उपकरण मार्फत खेलाइने मिनी क्यासिनोलाई वास्ता नगर्दा वा चासो नलिंदा वा त्यस्ता मिनि क्यासिनोलाई आर्शिवाद दिंदा पर्यटन नियमावली, २०७० विपरित कार्य गरेको पाइएको छ ।
पर्यटन विभाग भन्छन्–‘जिल्लाहरुका संचालनमा रहेका क्यासिनोमा अनुगमनमा विभागको पहुँच नहुँदा सम्बन्धित जिल्लाका प्रशासन र जिल्ला प्रहरी कार्यालयमा हामीले पत्राचार गर्ने गरेका छौं । पर्यटन नियमावली, २०७० विपरित कुनै पनि मिनि क्यासिनोले कार्य गरेको पाइएमा सम्बन्धित प्रशासन र प्रहरी प्रमुखले कारवाही गर्न सक्छ वा कारवाहीको लागि पर्यटन विभागलाई पत्राचार गर्न सक्छ । तर प्रशासन र प्रहरी प्रमुखले यस्तो कारवाही गरेको पाइएको छैन ।
https://www.facebook.com/share/v/aPcGmMFvBMKoiDAK/?mibextid=I6gGtw
पर्यटन नियमावली, २०७० परिच्छेद–१ प्रारम्भिक २ (ग) अनुसार आधुनिक मेसिन वा उपकरणको माध्यमबाट क्यासिनोस्थलमा बाजी (बेट) राखी रकम जित वा हार हुने गरी खेलिने खेल सम्झनु पर्छ उल्लेख भएको अर्थात मिनि क्यासिनोले लाइभ गेमिंग (तास कार्ड पत्ती)खेलाउन पाँदैन । तर नेपालगन्ज होटल कल्पुत्रमा एस एन ब्लु मिनि क्यासिनोले कार्ड पत्ती लाइभ गेमिंग खेलाएको टिकटाकमा भिडियो सार्वजनिक गरी बाँके सिडियो र बाँके प्रहरी प्रमुखले खुला चुनौति दिंदा पनि काज सरुवा भएका बाँके सिडियो र बाँके प्रहरी एसपीले कारवाहीको प्रक्रिया अगाडी सकेका छैनन् ।
नेपालगन्जमा सोल्टी होटल बाहेक ६ वटा मिनि क्यासिनो संचालनमा रहेको छ । मिनि क्यासिनोले इलेक्ट्रोनिक्स उपकरण मार्फत खेलाइने गेमिंग भएकोले क्यासिनो भनेर बोर्ड झुण्डाउनु नहुने पर्यटन विभागले तर्क दिन्छ भने नेपालगन्जमा संचालनमा रहेका मिनि क्यासिनोले क्यासिनोको बोर्ड झुण्डाएको देखेपनि बाँके प्रशासन प्रहरीले आँखा चिम्लिएको छ
पर्यटन नियमावली, २०७० परिच्छेद–३ क्यासिनो संचालन सम्बन्धी व्यवस्था १८ (ख) (ग) अनुसार नेपालगन्जमा संचालिन मिनि क्यासिनोमा सशस्त्र प्रहरी बलको टोली, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व लगायतले अनुगमन गरेको पाइएको छ । नेपालगन्ज होटल कल्पुत्रमा एस एन ब्लु मिनि क्यासिनोले नेपाल सरकारले प्रतिबन्धित भारु नोटको भिडियो जारी गरेको भएपनि कुनै पनि चासो लिएको देखिंदैन ।
यसैगरी काज सरुवा भएका बाँके सिडियो र बाँके प्रहरी एसपीको आर्शिवाद पाएको नेपालगन्जमा संचालनमा महोत्सव आयोजकले मनपर्दी गरेको खुल्न आएको छ । महोत्सवमा मदिरा, चुरोट, गुटका तथा सुर्तीजन्य बिक्री वितरण गैर कानुनी मानिएको भएपनि ध्वनिखबर मिडियाको स्टाटस न्यूज कारण र शनिबार नेपाल प्रहरी आईजिपी बसन्त कुँवरलाई काम देखाउन बाँके प्रहरीले महोत्सवको स्टलबाट मदिरा र ५ जनालाई हिरासतमा लियो तर शनिबार राती ११ बजे आपसी सहमती वा कुराकानीमा हिरासत मुक्त गरियो । तर महोत्सव परिसारमा चुरोट, गुटका तथा सुर्तीजन्य बिक्री वितरणमा प्रहरीले रोक लगाएको छ । साथै महोत्सब परिसरमा गैर कानुनी कार्य हुन्छ भने त्यसको सम्पूर्ण जिम्मेवारी आयोजना हुने कानुनी प्रावधानमा उल्लेख भएपनि काज सरुवामा गएका बाँके सिडियो र बाँके प्रहरी एसपीले आयोजकलाई अनुसन्धानको दायरामा राखेका देखिएको छैन ।

