सल्यान, २८ कात्तिक । प्रतिनिधि सभा सदस्यको लागि एक मात्र निर्वाचन क्षेत्र भएको सल्यान जिल्लामा गठबन्धनका उम्मेदवार प्रकाश ज्वालाको प्रचारप्रसारको तेज रफ्तारका कारण एमालेका उम्मेदवार राजेन्द्र बिर रायको जमानत जफ्त अर्थात धरौटी जफ्त हुन सक्ने चर्चा भने व्यापक पाइएको छ ।
मधेशी दलबाट कमल थापाको राप्रपा नेपाल, राप्रपा अनि कमल थापाको राप्रपा नेपालको केन्द्रिय उपाध्यक्षको लिँदै सांसद पदमा निर्वाचित हुने आशामा सांसद पदका उम्मेदवार राय हालै मात्र एमालेमा प्रवेश गरी टिकट हात पारेको बताइएको छ ।
सल्यानको क प्रदेशमा सांसद उम्मेदवार रायको राम्रो पकड र जनताले समेत नचिन्ने भएको कारण खासै मत आउने मतदाता बिच चर्चाको विषय बन्नुको साथै ख प्रदेशमा अधिकांश एमाले नेता तथा कार्यकर्ता सांसद उम्मेदवार ज्वालाको हातबाट टिका लगाउँदै प्रवेश गर्न थालेपछि दिनप्रति दिन राय खस्किंदो अवस्थामा पुगेको मतदाताको भनाई रहेको छ । स्रोतले दाबी गरे अनुसार एमाले भित्र सांसद उम्मेदवार रायबाट रुष्ट भएका करिब ५ सय बढी नेता कार्यकर्ताले भित्री रुपमा अर्का सांसद उम्मेदवार ज्वालाको लागि भोट माग्दै गरेको पाइएको छ ।

सल्यान जिल्लाको इन्ट्रीसँगै कमल थापाको राप्रपा नेपालमा प्रवेश गरेका सांसद उम्मेदवार रायले निर्वाचनमा पैसाको खोला नै बगाएको चर्चासँगै मतदाताले पैसा खाने तर मतदान नगर्ने भएका कारण उनी सदैव पराजित हुने गरेको बताइएको छ ।
मधेश पार्टीमा हुँदा पनि बाँके क्षेत्र नं. १ मा सांसद पदको उम्मेदवारी दिने बेला करिब १ हजार बढीको मोटर साइकल ¥याली हुनेमा उनले ५ सय मत पनि कटाउन नसकेको समेत बुझिएको छ ।