नेपालगन्ज, २४ कात्तिक । प्रहरीको नकारात्मक समाचार आउने क्रमसँगै समाचारको बदला लिन बाँके प्रहरीले पत्रकार उदय सिंह श्रेष्ठको घरमा सर्च वारेन्ट बिना नै छिमेकीको घरबाट छापामार शैलीमा प्रवेश गरी प्रहरीको डर त्रास देखाएको छ ।
सेन्ट्रल सिटी अस्पतालले छिमेकी घरधनी नभएको मौका छोपी जग्गा च्यापी अनुमति नलिई अवैध रुपमा टहरा निर्माण गरी पानीको निकास रोक्दा जग्गा विवादको बिषयमा पत्रकार श्रेष्ठले नेपालगन्ज उपमहानगरपालिकाको न्यायिक समितिमा असोज २३ गते उजुरी दर्ता तथा न्यायिक समितिले नापी टोली पठाएर छानबिन गरीरहेको अवस्थामा अस्पतालका संचालक डा. दिपेश गुप्ता र डा. रबि कुमार चौरसियाले बाँके प्रहरीसँग मिलेमतो गरी बाँके प्रहरीबाट पत्रकार श्रेष्ठमाथि विभिन्न टर्चर दिन शुरु गरेको छ ।
पत्रकार श्रेष्ठलाई डेंगु भएर विरामी अवस्थामा रहेको बेला डा. दिपेश गुप्ता र डा. रबि कुमार चौरसिया लगायत ६ जनाको टोली जबरजस्ती गुण्डाशैलीमा पत्रकार श्रेष्ठको बेड रुपमा भित्र प्रवेश गरी धम्क्याउन समेत पुगेको भिडियो र न्यायको लागि प्रहरी प्रशासन समक्ष भिडियो पठाउँदा पनि कुनै कदम भने चालिएको थिएन ।


जग्गा विवादको विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेमा नेपालगन्ज उपमहानगरपालिकामा छलफल हुने र न्यायिक समितिको फैसला मान्य हुने भनी निवेदन दर्तापश्चात बाँके प्रशासनले जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्र पठाउँदा पनि बाँके प्रहरीले आफु खुशी कार्य गरेको देखिएको छ ।
पत्रकार श्रेष्ठको घरमा परिवार मात्र रहेको अवस्थामा बुधबार साँझ करिब ६.३० बजे छापामार शैलीमा अस्पतालबाट डाक्टरको टोलीसँगै प्रवेश गरी डा. को टोलीसँगै प्रहरीको डर त्रास देखाई कानुनको धज्जी समेत उडाएका छन् । मंसिर ४ गते निर्वाचन भएसँगै निर्वाचनको बेला निर्वाचन आयोगको आचारसंहिता सार्वजनिक भएपछि सरुवा गर्न नमिल्ने कानुनको कारण अहिले बाँकेमा बाँके प्रहरीले कानुनको धज्जी उडाउँदै गैर कानुनी रुपमा गैर कानुनी तरिकाबाट जुनसुकै घरमा डर त्रास फैलाउने हर्कत गर्नुको साथै व्यक्ति विशेषलाई टर्चर दिने कार्य शुरु गरेको छ ।
यसैबिषयमा गृह मन्त्रालयका गृह सचिव विनोद प्रकाश सिंहले बाँके प्रहरीले व्यक्ति विशेषलाई टर्चर दिन नमिल्ने अभिव्यक्ति समेत दिनु भएको छ ।
प्रहरीको छापामार शैली र आफु खुशी कार्यबाट व्यक्ति विशेषमाथि ज्यादती हुन थालेपछि छापामार शैलीमा अनुमति बिना अर्काे घरबाट घरमा प्रवेश गर्ने र गराउन आदेश दिने प्रहरीमाथि छानबिन र कारवाहीको माग तथा नेपालगन्ज उपमहानगरपालिकाको न्यायिक समितिमा एक महिना पुर्व उजुरी दर्ता भएको विषयमा जबरजस्ती प्रहरीको पावर देखाई बाँके प्रहरले आफै सक्रिय त्रासपूर्ण तरिकाले कामलाई रोक्न प्रधानमन्त्री कार्यालयको हेलो सरकार, राष्ट्रिय मानव अधिकार आयोग, गृह मन्त्रालय र नेपाल प्रहरी महानिरीक्षक सचिवालयलाई ईमेल मार्फत निवेदन दर्ता गराइएको छ ।
स्थानिय सरकार ठुलो की बाँके प्रहरी : प्रहरी भन्छ स्थानिय सरकार भन्दा हामी ठुलो हो तर समग्र रुपमा कानुनी हिसाबले बुझ्दा जिल्ला प्रहरी कार्यालयभन्दा स्थानिय सरकार नै ठुलो मानिएको छ । स्थानिय सरकारले गर्नु पर्ने काम र दायित्व बाँके प्रहरीले बलजफ्ती आफैले काम गर्न थालेपछि अहिले नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा ताल्चा लगाउनु पर्ने कुरामा अधिकांश नगरबासी एक भएका छन् ।