‘बाँकेस्थित नेपाल प्रहरीले व्यक्ति विशेषलाई टर्चर गर्न पाउँदैन’–गृह सचिव सिंह (भिडियो सहित)

‘बाँकेस्थित नेपाल प्रहरीले व्यक्ति विशेषलाई टर्चर गर्न पाउँदैन’–गृह सचिव सिंह (भिडियो सहित)

नेपालगन्ज, २३ कात्तिक । स्थानिय वडा नं. १० स्थित सेन्ट्रल सिटी अस्पतालले जग्गा हडप्ने मनसायले उब्जिएको जग्गाको विवादमा नेपाल प्रहरीले कुनै पनि व्यक्ति बिशेषलाई यसरी टर्चर गर्न नपाउने गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले बताउनु भएको छ ।
सेन्ट्रल सिटी अस्पतालले घर छिमेकीको करिब १ मिटर जग्गा हडप्ने खेलमा छिमेकी घरधनी काठमाडौं भएको बेला नेपालगन्ज उपमहानगरपालिकाको अनुमति तथा सहमती पत्र बगैर अवैध रुपमा छिमेकीको जग्गा च्यापी टहरा निर्माण गरी छिमेकी घरको छतको पानीको निकास समेत रोकेका थिए ।

जग्गा हडप्ने मनसाय राखेका सेन्ट्रल सिटी अस्पतालले डेंगु भएको अवस्थामा अस्पतालका संचालक डा. दिपेश गुप्ता, डा. रबि कुमार चौरसियालगायत अस्पतालका करिब ६ जना जबरजस्ती बेड रुपमा भित्र प्रवेश गरी धम्क्याउन पुगेका थिए ।


जग्गा हडप्ने मनसाय राखेका सेन्ट्रल सिटी अस्पतालले घर छिमेकीलाई डेंगु भएको अवस्थामा अस्पतालका संचालक डा. दिपेश गुप्ता, डा. रबि कुमार चौरसियालगायत अस्पतालका करिब ६ जना जबरजस्ती बेड रुपमा भित्र प्रवेश गरी धम्क्याउन पुगेका थिए । अस्पतालको संचालकको धम्की नमानेपछि उनीहरु बाँके प्रहरीलाई विभिन्न च्यानलबाट घर छिमेकीलाई टर्चर गर्न शुरु गरेका छन् ।
आफ्नो छतको पानी निकास बन्द भएपछि अस्पतालको छिमेकी घरधनी नेपालगन्ज आएको बेला पानी निकास खोलेसँगै अस्पतालले टहराभित्र छती पुगेको उजुरी गर्न जिल्ला प्रहरी कार्यालय, बाँ केमा दबाव सृजना गर्न समेत पुगे । तर अस्पतालका संचालक बाँके प्रहरी पुग्नु पुर्व घर छिमेकीले नेपालगन्ज उपमहानगरपालिकाको न्यायिक समितिमा अस्पतालले जग्गा च्यापेकोले छानबिन गरी क्षतिपुर्ति सहितको निवेदन असोज २४ गते दर्ता समेत गराए । न्यायिक समितिले नापी टोली पठाई अस्पताल र घर छिमेकको जग्गा नाप्दा अस्पतालले जग्गा मिचेको रिपोर्ट पेश गरेको समेत जानकारी गराएको छ । तिहार र मंसिर ४ गते निर्वाचन भएको कारण एक महिनादेखि न्यायिक समितिको बैठक बस्न नसकेको तथा कुनै फैसला नभएको जानकारी गराइएको छ ।
यसविषयमा नेपालगन्ज उपमहानगरपालिका न्यायिक समितिका संयोजक एवम् उपमेयर मो. कमरुद्दिन राई भन्नुहुन्छ–‘यस्ता जग्गा विवाद बाँके प्रहरीले हेर्न मिल्दैन । यो विवाद नेपालगन्ज उपमहानगरपालिकाले हेरी रहेको छ, नापी गर्ने काम पनि भएको छ । यस्ता विवाद प्रहरीले हस्तक्षेप गरी हेर्न थाल्यो भने उपमहानगरपालिकाको के काम ? ताल्चा लगाए हुन्छ ।’
यसैबिच अस्पताल संचालकले जग्गा हडप्ने मनसायले पटक–पटक बाँके प्रहरी समक्ष पुगी घर छिमेकलाई दबाव दिने कार्यसँगै बाँके प्रहरीबाट पटक–पटक छलफल गर्न टेलिफोन गर्दा घर छिमेकलाई बोलाइएको समय अनुसार बुधबार प्रहरी कार्यालय पुग्दा अस्पताल संचालक कोही पनि नआएकोले घर छिमेकीले आफ्ना कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेको मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षकसँग राखी अन्तिम निर्णय नेपालगन्ज उपमहानगरपालिकाको न्यायिक समितिले गर्ने र सहमत हुने भएको सहमती जनाइ फर्केका थिए । तर बुधबार कैं दिन जिल्ला प्रहरीको एक टोलीसँगै अस्पताल प्रशासन बिना अनुमति घर छिमेकीको घरको छानामाथि छापामार शैलीमा आएको घर छिमेकी परिवारबाट गुनासो आयो ।

गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह भन्नुहुन्छ–‘नेपाल प्रहरीले व्यक्ति बिशेषलाई टर्चर गर्न पाउँदैन ।’


जग्गा विवाद भएको कारण प्रहरीले टुंगो लगाउन नमिल्ने भएकोले घर छिमेकले जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिई प्रशासन कार्यालयबाट समेत बाँके प्रहरीको नाममा पत्र पठाउँदा पनि अस्पताल संचालकको मिलेमतोमा बाँके प्रहरीले घर छिमेकीलाई पटक–पटक टर्चर दिइरहेको जानकारी गृह मन्त्रालयका सचिवलाई टेलिफोनबाट जानकारी गराउँदा उहाँले प्रहरीले यस्ता विवादमा कुनै पनि व्यक्ति बिशेषलाई टर्चर गर्न नपाउने बताउँदै बाँके प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउने बताउनु भयो ।