नेपालगन्ज, ०८ कात्तिक । घटना शनिबार अर्थात धनतेरसको रात, स्थानिय ऐतिहासिक त्रिभुवन चोक बजारमा राती करिब ११ बजे आसपास रिभल्बरबाट हवाई फाइरिंग हुन्छ । दुई ग्यांग बिचभएको विवादको कारण रिभल्बर निस्किन्छ, हवाई फाइरिंग हुन्छ, खोलिएका पसलेहरु भागाभाग हुन्छन अनि प्रहरीले हवाई फाइरिंग गर्ने गिरोहको एक जनालाई मोटरसाइकलबाट समातेर खसाउँछ तर अहिले फरार छन् ।
विशेष स्रोतका अनुसार असुली उठाउन रु. २ लाख लिई पुगेका दुई ग्यांग बिच विवाद उत्पन्न हुन्छ । एउटा ग्यांग हाबी भएको कारण अर्को ग्यांगले रिभल्बर निकालेर हवाई फाइरिंग गर्दै त्रसाउन खोज्नै क्रममा वडा प्रहरी कार्यालयबाट चुस्तामैं मोटर साइकलबाट प्रहरी आइपुग्छ । रिभल्बरबाट हवाई फाइरिंग गर्ने ग्याँग भाग्न खोज्दा चुस्तामा भएको प्रहरीले गुडिरहेको मोटरसाइकलबाट एक जनालाई खसाल्छ तर एकैछिनमा फरार भई अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।
निर्वाचन नजिकिंदै गएको अवस्थामा यो घटनालाई राजनीति रुप दिन खोजिएको भएपनि स्रोतले दाबी गरे अनुसार लेनदेनको विषय बताइएको छ ।
ध्वनिखबरलाई प्राप्त भिडियो अनुसार शनिबार राती भएको घटना समयमा तिन वटा पसल खुला भएको समयमैं खुला भएको पसलको अगाडि दुई वटा मोटर साइकल रोकिन्छ । मोटर साइकलबाट रबि पुन ओर्लिएर दायाँ हातमा रिभल्बर निकाली अर्को ग्याँगमाथि रिभल्बर तेर्साउँदै हवाई फाइरिंग गर्दै यताउता हिड्छन । यत्तिकैमा एक जनामाथि जाइलागेको देखिन्छ । यसैबिच एउटा मोटरसाइकलमा चुस्तामा एक्लै प्रहरी आएको देखेर प्रदीप गुप्ता (भुजुवा) ले मोटरसाइकल स्टार्ट गर्छन, बिचमा रिभल्बर देखाई हवाई फाइरिंग गर्ने रबि पुन बस्छन र सन्तोष बाला पछाडी बसी भाग्न खोज्दा प्रहरीले रोक्ने प्रयास गर्छन । प्रहरीमाथि मोटर साइकल पछाडी बस्ने सन्तोष बालाले हेलमेटले हानी भाग्न खोज्दा प्रहरीले सन्तोषको कपडा समाती मोटरसाइकलबाट खसाल्न सफल हुन्छन् । मोटरसाइकलबाट खसेका सन्तोष बालामाथि त्यहाँ अर्को ग्याँगले आक्रमण गर्न खोजेपनि प्रहरीको नियन्त्रणमा आइसकेको भएपनि एकैछिनमा सन्तोषको अत्तोपत्तो नै हुँदैन तर घटनास्थलबाट फरार भइसकेका हुन्छन ।
शनिबारको घटना भएपनि भिडियोमा देखिएको दृश्य अनुसार प्रदीप गुप्ता, रबि पुन र सन्तोष बाला प्रहरीको हिरासतमा छैनन् । स्रोतका अनुसार शानिबारको घटनापछि रिभल्बर देखाई हवाई फाइरिंग गर्ने ग्याँग नेपालगन्जबाट भागी सकेको बताइएको छ । स्रोतले दाबी गरे अनुसार ऐतिहासिक त्रिभुवन चोक बजारमा रिभल्बर देखाई हवाई फाइरिंग गर्ने गिरोह लागु औषधमा कारागारको सजायँ समेत भइसकेको तथा यी ग्याँग एमाले निकाट भएको बताइएको छ ।