नेपालगन्ज, ०७ जेठ । एक महिलाले जबरजस्तीकरणीको मुद्दा दर्ता गराएपछि बाँके जिल्ला प्रहरी कार्यालयको खोरमा बाँकेका पत्रकार काशी राम शर्मा पुगेका छन् । बाँके प्रहरीले म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।
प्रहरी स्रोतका अनुसार बाहिर जिल्लाबाट नेपालगन्जमा घरभाडामा बस्दै आएकी महिलालाई ललाईफकाई जबरजस्तीकरणी गर्नुका साथै मेसेन्जरबाट पीडित महिलाको अश्लिल तस्बिरहरु पठाएको समेत जबरजस्तीकरणीमा दर्ता भएको मुद्दा मिसिलमा पेश गरिएको छ ।
बाँके प्रहरी स्रोत भन्छ–‘पीडित महिलाले पत्रकार काशी राम शर्मा विरुद्ध जबरजस्तीकरणको मुद्दा दर्ता गराउनु भएको छ । पत्रकार शर्मालाई अदालतबाट म्याद थपगरी अनुसन्धान भईरहेको छ । स्थानिय निर्वाचन र मतगणनाको कारण हामी सबै त्यतै ब्यस्त थियौ, अब अनुसन्धान शुरु हुन्छ ।’
बाँकेका पत्रकार काशीराम शर्मा नेपाल पत्रकार महासंघ, बाँके शाखाका साधारण सदस्य भएको विषयमा नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव रोशन पुरी भन्नुहुन्छ–‘जबरजस्तीकरणमा मुद्दा दर्ता भएपछि नेपाल पत्रकार महासंघको साधारण सदस्य नरहने गरी निलम्बन गछौं । ध्वनिखबरमा समाचार सार्वजनिक भएपछि बाँके शाखालाई पत्राचार गरी साधारण सदस्य नरहने गरी निलम्बन गछौं ।’
जबरजस्तीकरणीको आरोपमा प्रहरी खोरमा पुगेका बाँकेका पत्रकार काशी राम शर्मा राप्रपा निकट मिडिया नेपालमा आबद्ध छन् ।
पत्रकार शर्माले केही समय अगाडि होटलमा रक्सी खाएको विल टेलिफोनबाट ट्राफिक प्रहरी कार्यालय बाँकेका पुर्व प्रमुख हिरेन्द्र रोकायलाई भुक्तानी गर्न जबरजस्ती गर्दा नमानेपछि कपोकल्पित समाचार प्रकाशित गरी बदनाम गराउने प्रयास गरेका थिए भने पीडित भएका पुर्व ट्राफिक प्रमुख रोकायले पत्रकार महासंघ, बाँके शाखामा समेत उजरी हालेका थिए ।
यसैगरी पत्रकार शर्माले जिल्ला प्रहरी कार्यालय, बाँकेका डिएसपीको विषयमा नानाथरी कपोकल्पित समाचार प्रकाशित गर्नुको साथै ड्यूटीमा रहेका डिएसपीलाई अश्लिल शब्द प्रयोग गर्दा केही समय प्रहरी खोरमा समेत बसेका थिए । तर ती पत्रकार निकट रहेका राजनीतिक दलका नेताको दबावको कारण खोर मुक्त भएको भन्ने खबर पनि चर्चामा आएको थियो ।