नेपालगन्ज, ३० बैशाख : स्थानिय निर्वाचनको क्रममा नेपालगन्ज वडा नं. १२ को मतदान केन्द्र नेपालगन्ज उपमहागरपालिका विपी चोकमा वडा नं. १२ मा नेपाली काँग्रेसबाट टिकट पाइ वडा अध्यक्षको उम्मेदवार भएका तरुण बज्राचार्यले निर्वाचन कार्यालयबाट चालकसहित उम्मेदवारले प्रयोग गर्ने भनी दिइएको पासमा विहानबाट दिउँसोसम्म मतदाता बोक्ने मात्र गरेको देखियो । कारको दुरुपयोग भएको विषयमा ध्वनिखबर डटकमबाट लाइभ प्रशारण गर्ने क्रममा कारका चालकलाई मतदाता बोकेको विषयमा सोध्न खोज्दा त्यहाँ उपस्थित भीडलाई उत्तेजित गराई सुनोजित तरिकाबाट प्रमुख रुपमा चार जना युवा गुण्डागर्दी शैलीमा ध्वनिखबर डटकमका सम्पादक एवम् काठमाडौं नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य उदयसिंह श्रेष्ठमा हमला गर्ने प्रयास समेत गरे ।

नेपालगन्ज वडा नं. १२ वडा अध्यक्ष तरुण बज्राचार्यले निर्वाचन कार्यालयबाट लिएको पासको कार जुन मतदाता मात्र बोक्ने काम गरेको छ ।
हमला गर्ने प्रयासमा धक्का लगाउने तथा लाइभ प्रशारण बन्द गराउने समेत प्रयास गरे । साथै गुण्डागर्दीको शैलीमा हमलाको नियतमा आएका ती चार जनामध्ये एक जनाले माइकमा समेत क्षति पु¥याएका छन् । यसको सम्पूर्ण लाइभ भिडियो ध्वनिखबर डटकमको फेसबुक पेजमा हेर्न सकिन्छ ।
यस विषयमा तत्कालै बाँके सिडियो एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम एसपीलाई जानकारी समेत गराइएको थियो । यस विषयमा बाँके सिडियो भन्नुहुन्छ–‘गुण्डागर्दी शैलीमा पत्रकारमाथि हमलाको प्रयास गर्ने व्यक्तिहरुको विषयमा निवेदन दिएपश्चात तत्काल कानुनी कारवाही अघि बढाइने छ ।’ एसपीलाई जानकारी गराउनासाथ तत्काल प्रहरी निरिक्षकको टोली वीपी चोक आइपुगेको थियो भने प्रहरी निरिक्षक उज्जवललाई गुण्डागर्दी शैलीमा आक्रमण गर्ने व्यक्तिहरुको पहिचान गराउँदा पनि प्रहरी निरिक्षकको टोली भने मुखमा दही जमाएर फर्किएको थियो ।
बाँके सिडियोको सल्लाह अनुसार गुण्डागर्दी शैलीमा पत्रकारमाथि हमला गर्ने ती व्यक्तिहरुको बारेमा भोली निवेदन दिएपछि प्रशासनले तत्काल कारवाही हुने बताइएको छ ।