नेपालगन्ज, १० मार्ग । नेपाली काँग्रेस बाँके क्षेत्र नं. २ को मार्ग ९ गते हुनु पर्ने निर्वाचन विवाद हुँदा स्थागित भई मार्ग १० गते डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी र क्षेत्रीय सभापति पदका उम्मेदवार रमेश गुप्ताको गुण्डागर्दी र दबाबमूलक शैलीमा करिब राती ७.३० बजे निर्वाचन सम्पन्न भएको छ ।
शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भइरहेको अवस्थामा डुडुवा गाउँ पालिकाका करिब ७५ मतदाताहरु भेरी प्राविधिक शिक्षालयको मुल गेटबाट प्रवेश गराई त्यहाँ रहेको चौरमा बन्धक जस्तो बनाउँदै डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी र क्षेत्रीय सभापति पदका उम्मेदवार रमेश गुप्ताको गुण्डागर्दी शैलीमा मतदान गर्न आएका करिब ७५ मतदाताहरुले मतदान गर्न नसक्ने स्थिती रहेको भन्दै एक प्रतिनिधि बनाई ५–६ जना मतदाताको मतदान गर्न पाउनु पर्छ भन्दै निर्वाचन अधिकृतलाई गुण्डागर्दी शैलीमा दबाब दिँदा दिउँसो ३ बजे अन्तिम मतदान गर्ने समय तोकिएको भएपनि करिब ३ घण्टा गुण्डागर्दीको ताण्डव समेत देखाएको थियो ।
निर्वाचन स्थलमा निर्वाचन अधिकृतसँग पुर्व स्वीकृत लिई ध्वनिखबर डटकमले लाइभ प्रशारण गरीरहेको अवस्थामा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले २–३ पटक लाइभ नगर्न दबाव दिए भने क्षेत्रीय सभापति रमेश गुप्ताको गुण्डागर्दी शैली लाइभ प्रशारण भईरहेको अवस्थामा क्यामरा छेक्ने प्रयास समेत गरेका थिए । तर त्यहाँ उपस्थित निर्वाचन अधिकृत र प्रहरी अपधिकारीहरुले पत्रकारमाथि हस्तक्षेप गर्न पाइदैन भन्दा गुण्डाशैलीमा क्यामरा बन्द गर्न तम्सिएका क्षेत्रीय सभापति पदका उम्मेदवार रमेश गुप्ता पछि हटेका थिए ।
रात पर्दै गएपछि डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी र क्षेत्रीय सभापति पदका उम्मेदवार रमेश गुप्ताको गुण्डागर्दी शैलीमा निर्वाचन अधिकृत र क्षेत्रीय सभापति पदका उम्मेदवार विरेन्द्र शाहमाथि दबाव सृजना गरी एक जनाले करिब ५–६ जनाको मतदान गरेको देखिएको थियो । यहाँसम्म मतपत्र लिइसकेका मतदाता र मतदाताको मत दिने प्रतिनिधिलाई क्षेत्रीय सभापति पदका उम्मेदवार रमेश गुप्ताले गुण्डागर्दी शैलीमा आफ्नो प्रचार कायम नै राखेका थिए ।
डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी र क्षेत्रीय सभापति पदका उम्मेदवार रमेश गुप्ताको गुण्डागर्दी शैलीमा निर्वाचन गराउने नाटक गर्नु भन्दा टिका लगाएर पद दिए हुने थियो भनी अधिकांश मतदाताहरुले गुनासो समेत गरे । यसैगरी मार्ग १४ गते बाँके जिल्ला सभापति लगायतको निर्वाचन हुने तय भएपनि कोहलपुर र खजुराको मतदाताको अगाडि डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी र क्षेत्रीय सभापति पदका उम्मेदवार रमेश गुप्ताको गुण्डागर्दी नचल्ने भनी अधिकांश मतदाताले बताए । संक्षेपमा अधिकांश मतदाताहरुले भने–‘अहिलेसम्म बाँके काँग्रेसमा यस्तो रमिते र ताण्डवयुक्त गुण्डागर्दी शैलीको निर्वाचन भएको थिएन । यसको ‘रिजल्ट’ स्थानिय र संघिय निर्वाचनमा हामी देखाउने छौं ।’
गुण्डागर्दी शैलीमा ताण्डव देखाई बाँके क्षेत्र नं. २ को निर्वाचनले काँग्रेसको गढ मानिने बाँके जिल्ला अब आम निर्वाचनमा नराम्रोसँग पराजय हुने करिब करिब निश्चित भएको टिकाटिप्पणी शुरु भएको छ ।