नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रहरीको आंतकबाट जनता आत्तिए : उच्च अदालतको फैसलाको पखाईमा जनता

नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रहरीको आंतकबाट जनता आत्तिए : उच्च अदालतको फैसलाको पखाईमा जनता

नेपालगन्ज, १५ असोज । गाई हत्या गरेको आरोपमा सम्मानित जिल्ला अदालतबाट जेल कैद सजाय पाएका नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख सूर्य बोगटी र असई बिकास गौतम लगायत १० जनाले नगर क्षेत्रमा आफुखुशी गर्ने गरेको आंतकका कारण अहिले नगरबासी आंतकित हुन पुगेका छन् ।
जेल कैद सजाय पाएका नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख सूर्य बोगटी र असई बिकास गौतमको विरोध गर्ने नगरबासीको पुरानो संरचना भत्काउने कार्यमा आफुखुशी नियम कानुनलाई मिच्दै कार्य गरेको कारण अहिले नगरमा व्यापक विरोध हुँदा पनि उनीहरुलाई नगरप्रमुख डा. धवल सम्शेर राणाले समेत लगाम लगाउन नसकेको नगरबासीले बताएका छन् ।
जेल कैद सजाय पाएका नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी असई बिकास गौतमले स्थानिय एकलैनीमा अवैध निर्माणबाट सहयोग लिएको चर्चासँगै नगर प्रमुख डा. राणाको ‘बोडी गार्ड’ भएको कारण उनले जति नै कानुन मिच्दै कार्य गर्दा पनि नगर प्रमुख डा. राणा मौन नै देखिएका छन् । जेल कैद सजाय पाएका नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी असई बिकास गौतमले खुलेआम नियम कानुन मिच्दै आंतक देखाउँदा पनि नगर प्रमुख डा. धवल सम्शेर राणा मौन बसेका कारण रहस्यमय मानिंदै आएको छ ।
जेल कैद सजाय पाएका नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख सूर्य बोगटी र असई बिकास गौतमका विरुद्ध आवाज उठाउने नगरबासीको घरको अगाडी दैनिक ५–६ पटक सरकारी तेल फुक्दै निगरानी समेत राख्ने गरेको पाइएको छ ।
गाई हत्या गरेको आरोपमा सम्मानित जिल्ला अदालतबाट जेल कैद सजाय पाएका नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख सूर्य बोगटी र असई बिकास गौतमले कानुन अनुसार पुनरावेदन गर्न समय पाए अनुसार उनीहरु अहिले उच्च अदालत दैलेखमा निवेदन दिएका छन् भने अन्तिम फैसला भने उच्च अदालतबाट नै किनारा लाग्ने भएको बताइएको छ । मुलुकमा करिब ८१ प्रतिशतभन्दा बढी हिन्दु बसोबास गर्ने भएको तथा उक्त हत्या काण्डको विषयमा मेचीदेखि महाकालीसम्म चर्को विरोध भएको कारण उनीहरुको पक्षमा फैसला नहुने भनी अधिकांश जनताको राय रहेको पाइन्छ ।

गाई हत्या गरेको आरोपमा जेल कैद सजाय पाएका नगर प्रहरीको वैध र अवैध कार्यमा साथ दिने नापी शाखा इन्चार्ज पवन अर्याल


गाई हत्या गरेको आरोपमा सम्मानित जिल्ला अदालतबाट जेल कैद सजाय पाएका नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख सूर्य बोगटी र असई बिकास गौतमको साथमा भने अहिले उक्त कार्यालयमा कार्यरत नापी शाखाका इन्चार्ज पवन अर्यालले समेत वैध वा अवैध कार्यमा प्रत्यक्ष संलग्नता रहेको पाइएको छ ।

गाई हत्या गरेको आरोपमा जेल कैद सजाय पाएका नगर प्रहरीको वैध र अवैध कार्यमा साथ दिने वडा नं. १० वडा अध्यक्ष विन्दु भुषण बस्नेत
गाई हत्या गरेको आरोपमा जेल कैद सजाय पाएका नगर प्रहरीको वैध र अवैध कार्यमा साथ दिने वडा नं. १० वडा सदस्य मनोज शाही


पुरानो संरचना नभत्काउने मन्त्री परिषदको निर्णयको साथै नगर प्रमुख डा. राणाको भनाई रहेपनि गाई हत्या गरेको आरोपमा सम्मानित जिल्ला अदालतबाट जेल कैद सजाय पाएका नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख सूर्य बोगटी र असई बिकास गौतमका साथै नापीका इन्चार्ज पवन अर्यालको साथै वडा नं. १० वडा अध्यक्ष विन्दु भुषण बस्नेत, वडा सदस्य मनोज शाही समेतको संलग्नता रहेको पाइएको छ ।