वडा अध्यक्ष विन्दु बस्नेतद्वारा पत्रकारलाई अश्लिल शब्द प्रयोग गरी गाली गलौच : साइबर क्राइममा जाने तयारी

वडा अध्यक्ष विन्दु बस्नेतद्वारा पत्रकारलाई अश्लिल शब्द प्रयोग गरी गाली गलौच : साइबर क्राइममा जाने तयारी

नेपालगन्ज, १४ असोज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष विन्दु भुषण बस्नेतले वडाबासी प्रतिको जिम्मेवारीलाई लत्याउँदै सामाजिक संजाल फेसबुक मेसेन्जरमा पत्रकारलाई अश्लिल शब्द प्रयोग गरी तल्लो स्तरमा गई गाली गलौच गर्न थालेका छन् ।
ध्वनिखबर डटकमले वडाबासीहरुको समस्यालाई लाइभ मार्फत देखाउँदै समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिने कार्य गरीरहेकोमा वडा अध्यक्ष विन्दु भुषण बस्नेतले तल्लो स्तरमा वडाबासीलाई जे पायो त्यही भन्दै ध्वनिखबर डटकमका सम्पादक उदय सिंह श्रेष्ठलाई अश्लिल शब्द प्रयोग गरी गाली गलौच समेत गर्न थालेका छन् । वडा अध्यक्ष विन्दु भुषण बस्नेतले सामाजिक संजालमा अश्लिल शब्द प्रयोग गरी गाली गलौच गरेपछि प्रहरी अधिकारीको सल्लाह अनुसार साइबर क्राइममा निवेदन दर्ता गर्न मिल्ने कानुनी प्रावधान रहेको बताइएको छ । केही दिनभित्र राजधानीको साइबर ब्यूरो महाशाखा वा जिल्ला प्रहरी कार्यालय, बाँकेमार्फत साइबर ब्यूरो महाशाखामा निवेदन दर्ता गराउने योजना समेत रहेको छ ।


ध्वनिखबर डटकमले वडाबासीको समस्या बुझ्ने क्रममा जनताको गुनासो वडा अध्यक्ष विन्दु भुषण बस्नेतलाई जनताको दुखेसो मनन गर्न अनुरोध गर्दा उनले सामाजिक संजालमा भने ‘हामी रुमाली रोटी, जुन एकैतिरबाट पाक्छ त्यो खान्छौं’ ।
वडाबासीले वडा अध्यक्ष बिन्दु भुषण बस्नेतको चर्को विरोध हुन थालेपछि उनले पत्रकार श्रेष्ठको पुरानो संरचना पनि सम्मानित सुर्खेत जिल्ला अदालतबाट जेल सजायँ पाएका नेपालगन्ज उपमहानगरपालिका नगर प्रहरी इन्चार्ज सूर्य बोगटी, असई बिकास गौतम लगायतका समूह र नापी शाखाका इन्चार्ज पवन अर्याललाई अघि सार्दै नेपाल सरकारको नीति नियम र कानुनलाई लत्याउँदै डोजर लगाई पुरानो संरचना भत्काएका पनि छन् । पुरानो संरचना भत्काउन डोजर चालकले आनाकानी गर्दा जेल सजायँ पाएका नगर प्रहरी असई विकास गौतमले हकार्दै पुरानो संरचना भत्काउन लगाएका थिए ।

वडा अध्यक्ष विन्दु भुषण बस्नेतको विषयमा वडाबासीले गुनासो दुखेसो पोखेको समाचार ध्वनिखबर डटकममा आएपछि आफु विरुद्ध समाचार आएको भन्दै बदला दिने मनसायले पुरानो संरचना भत्काई गैर कानुनी कार्य समेत गरका छन् । यति मात्र नभई उनी लगायत जेल सजाय पाएका नगर प्रहरी टिम र नापीका पवन अर्यालले खानेपानी संस्थानबाट पिउने पानीको लागि लिइएको पाइप लाइन पनि भताभुंग गरी पिउने पानीबाट बञ्चित गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको नयाँ मापदण्ड भन्दा पनि पुरानो संरचना जुन जे अवस्थामा छ त्यो भत्काउन नपाइने भनी मेयर डा. धवल सम्शेर राणाले बताएका छन् । जबरजस्ती बलपुर्वक छापामार शैलीमा नीति नियम र कानुनलाई लत्याउँदै वडा अध्यक्ष विन्दु भुषण बस्नेत, सदस्य मनोज शाही, गाई हत्या काण्डमा सम्मानित सुर्खेत जिल्ला अदालतबाट जेल सजायँ पाएका नगर प्रहरी इन्चार्ज सूर्य बोगटी, असई बिकास गौतम लगायतका समूह र नापीका पवन अर्यालले पुरानो संरचना भत्काएपछि क्षतिपुर्तिको लागि मेयर डा. राणा नेपालगन्जमा नभएको अवस्थामा मेसेन्जरबाट नै निवेदन पठाइसकिएको छ ।