मेयर डा. धवलको दोहोरो नीति हो की जेल सजाय पाएकालाई साथ दिँदै अन्य कर्मचारीको दादागिरी ?

मेयर डा. धवलको दोहोरो नीति हो की जेल सजाय पाएकालाई साथ दिँदै अन्य कर्मचारीको दादागिरी ?

नेपालगन्ज, १३ असोज । गाई हत्या काण्डमा सम्मानित सुर्खेत जिल्ला अदालतले जेल सजायँ पाएका नगरप्रहरीको टिमलाई अघि सार्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणाले ताण्डव देखाएको समाचार सार्वजनिक भएसंगै ह्वाट्सएपमा मेसेज गर्दै पुरानो संरचना नभत्काउने अभिब्यक्ति दिएका छन् ।

ध्वनिखबर डटकमबाट प्रकाशित समाचारको बदला लिन मंगलबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलले सम्मानित सुर्खेत जिल्ला अदालतबाट जेल कैद सजायँको फैसला भएका नगर प्रहरी इन्चार्ज सूर्य बोगटी, नगर प्रहरी असई बिकास गौतम लगायतका १० जना नगर प्रहरीको साथमा वडा नं. १० का वडा अध्यक्ष विन्दु भुषण बस्नेत, सोही वडाका सदस्य मनोज शाही, नापीका पवन अर्यालको टिम पठाएर जबरजस्ती २०५२ सालमा निर्माण भएको पुरानो संरचनालाई भत्काई ताण्डव देखाएका थिए । उनीहरुको ताण्डवबाट पुरानो संरचना भत्काएपछि करिब रु. २ लाख बराबरको क्षति हुनुको साथै खानेपानी संस्थानबाट वितरण गरिएको पाइप लाइनलाई क्षति पुर्याई पिउने पानीबाट समेत बञ्चित गराइएको छ ।
मंगलबार जबरजस्ती गुण्डाशैलीमा पुरानो संरचना भत्काउन लगाई बुधबार विहान मेयर डा. धवलले पुरानो संरचना भत्काउने होइन भन्ने खालको मेसेज दिएर दुई जिब्रे कुरा गरी अर्को नाटक मंचन गर्न लागेको अनुभूति भएको बताइएको छ ।