भारतीय प्रहरी र पत्रकारको संरक्षणमा लागुऔषध बिक्री तर नेपाल प्रहरीलाई टाउको दुखाई

भारतीय प्रहरी र पत्रकारको संरक्षणमा लागुऔषध बिक्री तर नेपाल प्रहरीलाई टाउको दुखाई

नेपालगन्ज, १७ भदौं । नेपाल–भारतको सिमा रुपैडिया बजारको चकिया रोडमा भारतीय प्रहरी र एक पत्रकारको संरक्षणमा खुलेआम बिक्री हुनुको साथै नेपालमा सप्लाई गर्ने गिरोह पनि सक्रिय रहेको भारतीय मिडियाहरुले एकपछि अर्को समाचार बाहिर ल्याइरहेको अवस्थामा भारतको बहराइच जिल्ला प्रहरी प्रमुखले चासो नदिएको आरोप समेत लगाइएको छ । भारतमा लागु औषध खुलेआम बिक्री भईरहेको छ भने यता नेपालभित्र भने नेपाल प्रहरीले लागु औषध नियन्त्रणको लागि आफ्नो प्रयास भने जारी नै राखेको छ ।

पत्रकार रामजी सोनी

भारतका केही मिडियाहरुले भारतीय पत्रकार रामजी सोनीले भारतीय प्रहरीसँग राम्रो सेटिंग मिलाई लागु औषध कारोबार गर्ने तस्करसँग मोटो रकम लिई खुलेआम कारोबार गरीरहेको बताइएको छ । नेपाल–भारत सिमासँग जोडिएको रुपैडिया बजारमा यसरी खुलेआम लागु औषध कारोबार भईरहने तथा तस्करहरुको गिरोहले सानो सानो परिमाणमा नेपाल पठाउने गरेको कारण पनि नेपाल प्रहरीको टाउको दुखाई भएपनि पटक–पटक लागु औषधहित तस्करलाई समेत पक्राउ गरी रहेको छ ।

नेपाल–भारत सिमा नाका रुपैडियाको चकिया रोडका खुलेआम लागु औषध बिक्री भइरहेको छ ।

भारतीय मिडियामा रुपैडिहाको आदर्श थाना कोतवाली रुपैडिहाको संरक्षणमा पत्रकार रामजी सोनीले खुलेआम लागु औषध बिक्री गर्ने गिरोह र तस्करसँग मोटो रकम लिई भारतीय प्रहरी र आफु स्वयंले लिने गरेको बताइएको छ । सेटिंग गराउने पत्रकार र रुपैडियाको प्रहरी विरुद्ध आवाज उठाउनेलाई विभिन्न नक्कली मुद्दा लगाई फसाउने भएको कारण अधिकांश मौन रहेको बताइएको छ भने लागु औषधको कमाईबाट पत्रकार रामजी सोनीले नईबस्ती, मुस्लिम बाग, बरथनवा र घसियारन टोलमा जमीन खरिद गरी घरसमेत निर्माण गरेको भारतीय मिडियाले सार्वजनिक गरिसकेका छन् । यसैगरी लागु औषधको गिरोहबाट लिइएको रकमबाट हाल भारत उत्तर प्रदेश राजधानी लखनउमा समेत घडेरी खरिद गरिसकेका छन् ।

लागु औषध बिक्री गर्ने गिरोहसँग पत्रकार रामजी सोनीले खुलेआम रकम असुली गर्दै


पत्रकार रामजी सोनीले आफु विरुद्ध बोल्नेलाई विभिन्न नक्कली मुद्दामा फसाई सकेका छन् भने अन्य केही पत्रकारलगायतलाई धम्की दिने गरेको कुरा पनि बाहिर आएको छ ।
बाँके प्रहरी प्रशासन लागु औषध रोक्न अहोरात्र खटिरहेको अवस्थामा यस्ता पत्रकार भनाउँदाले भारतीय प्रहरीको सेटिंगमा लागु औषधको खुलेआम कारोबारले यसको प्रत्यक्ष असर भने नेपालगन्ज लगायत विभिन्न जिल्लालाई परीरहेको पनि छ । नेपाल र भारत पक्षबिचको हुने गरेको सुरक्षा बैठकमा यस विषयलाई गम्भिरताका साथ उठाउनु पर्ने जरुरी देखिन्छ भने यस्ता पत्रकार वा जो कोहीलाई पहिचान गरी नेपालगन्जभित्र कडाईका साथ निगरानी राख्नु पर्ने आवश्यता देखिएको छ ।