नेपालगन्ज, ११ भदौं । भदौं ७ गते तीब्रगतिमा आएको मोटरसाइकलले ३ वर्षीयलाई ठक्कर दिई मृत्यु हुँदा मोटरसाइकल वाहकको अत्तोपत्तो नभएको र त्रिभुवन चोकमा लगाइएको सिसि क्यामरा बिग्रीएको अवस्थामा रहेको कारण वालिकालाई न्याय दिलाउन स्थानिय जनताले बिहीबार साँझ ‘मेयर डा. धवल मुर्दावाद’को नारा लगाउँदै नेपालगन्जको ऐतिहासिक त्रिभुवन चोक बजारमा करिब ४५ मिनेट चक्काजाम गरेपछि नेपालगन्ज उपमआनगरपालिकाका प्रवक्ता एवम् वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले सिसि क्यामराको जिम्मेवारी प्रहरी र व्यवस्थापन पक्षको भन्दै विज्ञप्ती जारी गरिएको छ ।
नेपालगन्ज उपमआनगरपालिकाका प्रवक्ता एवम् वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले शुक्रबार विज्ञप्ती जारी गर्दै सम्पूर्ण दोष प्रहरी र व्यवस्थापन पक्षलाई लगाइएको छ भने उता बुधबार नै नेपालगन्ज उपमआनगरपालिका बोर्ड सदस्य एवम् वडा नं. ७ का वडा अध्यक्ष जुम्मन खाँले नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा, वडा नं. ८ र ११ का वडा अध्यक्ष तथा नेपालगन्ज उद्योग वाणिज्य संघले सम्पूर्ण जिम्मेवारी लिनु पर्ने बताएका थिए ।
नेपालगन्ज उपमआनगरपालिकाका प्रवक्ता एवम् वडा नं. १ का अध्यक्ष तथा बोर्ड सदस्य तथा वडा नं. ७ का वडा अध्यक्षले दिएको अभिव्यक्तिबीच कुरा बाझिएकोले स्थानिय नगरवासी अब कसले भनेको मान्ने तर्फ दुविधामा परेको बताएका छन् । बुधबार नेपालगन्ज उपमआनगरपालिकाकै मेयरको जिम्मेवारी भएको बताउँदै वडा अध्यक्ष जुम्मन खाँको भनाई र ‘मेयर डा. धवल मुर्दावाद’को नारा लगाएपछि प्रवक्ता प्रमोद रिजालद्वारा निकालिएको विज्ञप्ती भिन्दाभिन्दै भएको कारण अहिले नगरबासी नै अन्यौलमा परेका छन् ।
यी दुई वडा अध्यक्षको भनाई आपसमैं बाझिएको कारण मेयर डा. धवल सम्शेर राणाको राजनीतिमा समेत नकारात्मक असर पर्न गएको भन्दै अधिकांश नगरबासीको भनाई छ ।
सम्मानित सुर्खेत जिल्ला अदालतबाट जेल सजाय पाएका दश जना कर्मचारीलाई अहिलेसम्म बहाली गरी काममा लगाई तलब भत्ता दिइरहेको विषयमा मेयर डा. राणाप्रति नगरबासीले विश्वास गर्न समेत छोडेको अवस्थामा सिसि क्यामराको विषयमा दुई वडा अध्यक्षबाट आएको छुट्टाछुट्टै अभिव्यक्तिले मेयर डा. राणाको राजनीति साख गिर्दो अवस्थामा रहेको अधिकांश नगरवासीको भनाई पाइएको छ ।