सामाजिक सद्भाव भडकाउने मिडिया र पत्रकारलाई कारवाहीको माग बढ्दो : साइबर क्राइममा उजुरी दर्तासँगै वडा अध्यक्ष सफिक र पत्रकार आलम फरार

सामाजिक सद्भाव भडकाउने मिडिया र पत्रकारलाई कारवाहीको माग बढ्दो : साइबर क्राइममा उजुरी दर्तासँगै वडा अध्यक्ष सफिक र पत्रकार आलम फरार

काठमाडौं, ०२ माघ । सामाजिक सद्भावको रुपमा चिनिने बाँके जिल्लामा सामाजिक सद्भाव बिथोल्न कार्य संलग्न देखिएका युथटुडेन्यूज डटकम र सम्पादक आलम खान उपर कडा कारवाही गर्न राजनीति पार्टी र राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) लुम्बिनी प्रदेश (प्रदेश नं. ५) ले विज्ञप्ती जारी गर्दै विभिन्न निकायसमक्ष जोडदार माग गरेको छ भने नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मो. सफिक बेहना र युथटुडेन्यूज डटकमका सम्पादक आलम खानमाथि साइबर क्राइम अन्तरगतको उजुरी दर्ता भएपछि बिहिबार दिउँसोबाट फरार भएको जानकारी आएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेमा साइबर क्राइम अन्तरगत उजुरी दर्ता भएपछि नेपालगन्ज वडा नं. ४ का वडा अध्यक्ष मो. सफिक बेहना (दायाँ) र पत्रकार आलम खान (बायाँ) फरार भएका छन् ।

बाँके जिल्लामा पहाडी, मधेशी र मुस्लिम समुदायको जनसंख्या बराबरी हुनुको साथै एकआपसमा सामाजिक सद्भाव कायम राखी बस्दै आएकोमा युथटुडेन्यूज डटकमका सम्पादक आलम खानले विगतदेखि सामाजिक सद्भाव भड्काउने कार्यमा संलग्न गरी जनता भड्काउने खालका फेसबुकमा पोष्ट गर्दा जिल्ला प्रहरी कार्यालय, बाँकेले ९ घण्टा हिरासतमा राखी लिखित हाजिरी गर्ने गरी रिहा रहेको थियो ।

यो पोष्टको कारण युथटुडेन्यूज डटकमका सम्पादक आलम खानलाई जिल्ला प्रहरी कार्यालय, बाँकेले करिब ९ घण्टा हिरासतमा राखेको थियो ।

यसैगरी जनता समाजवादी पार्टी नेपालका नेता एवम् पुर्व मन्त्री तथा सांसद मो. इस्तियाक राईको चरित्र हत्या हुने गरी सुनियोजित तरिकाबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मो. सफिक बेहनाले फेसबुकमा गरिएको पोष्ट र युथटुडेन्यूज डटकमका सम्पादक आलम खानले चरित्र हत्या गर्ने मनसाय तथा सामाजिक सद्भाव भड्काउन तयार पारिएको समाचार सम्प्रेषणले जिल्लामा तरंग ल्याएको छ । आफ्नो नेताको चरित्र हत्या भएको निष्कर्ष निकाली पार्टीको नेतृ अम्बिका काफ्ले जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर क्राइम अन्तरगत उजुरी दर्ता गराएपछि अहिले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मो. सफिक बेहना र युथटुडेन्यूज डटकमका सम्पादक आलम खान फरार रहेको प्रहरी स्रोतले बताएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मो. सफिक बेहनाको यो पोष्टका कारण जिल्ला प्रहरी कार्यालय, बाँकेमा साइबर क्राइमको उजुरी दर्ता भएको हो । उजुरी दर्ता भएसँगै उनी फरार रहेको प्रहरीले बताएको छ ।

युथटुडेन्यूज डटकम मिडियाको हकमा प्रेस काउन्सिल नेपालमा सुचिकृत र सूचना विभागबाट अनुमति नलिई अवैध रुपमा विभिन्न व्यक्तिहरुको विषयमा झुठ्ठा समाचार प्रकाशित पश्चात नेपाल प्रहरी अपराध महाशाखा काठमाडौंमा उजुरी दर्ता भई प्रेस काउन्सिल नेपालको जवाब सहित महाशाखाले आवश्यक कारवाहीको लागि सूचना विभागमा पत्राचार हुँदा पनि युथटुडेन्यूज डटकमको नाममा अनुमति दिइएको छ ।
राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) लुम्बिनी प्रदेश (प्रदेश ५) का अध्यक्षद्वारा हस्ताक्षरित शुक्रबार विज्ञप्ती जारी गर्दै भनेको छ –‘जिल्लामा युथटुडेन्यूज डटकमद्वारा प्रकाशित समाचारको कारण द्वन्द्व फैलिने सम्भावना अत्यधिक हुन सक्ने आशंका बढेको कारण उजुरीको फैसला नहुँदासम्म युथटुडेन्यूज डटकमको दर्ता खारेज लगायतका कार्य गर्न हुन प्रेस काउन्सिल नेपाल, सूचना विभाग र नेपाल पत्रकार महासंघ, केन्द्रिय कार्यालयसमक्ष जोडदार माग गर्दछ ।

साथै चरित्र हत्याको विषयमा जिल्ला प्रहरी कार्यालय, बाँकेमा साइबर क्राइम अन्तरगत उजुरी दर्ता भईसकेको अवस्थामा सम्पादक आलम खान लगायत दुई जनालाई कसैको पनि दबावमा नपरी सक्रियताका साथ पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउनको लागि नेपाल प्रहरी समक्ष विशेष अनुरोध पनि गर्दछ ।’