कलम समाउने र सामाजिक अभियन्ता भनाउँदाको कब्जामा बाँके : प्रहरी प्रशासन टुलुटुलु हेर्छन

कलम समाउने र सामाजिक अभियन्ता भनाउँदाको कब्जामा बाँके : प्रहरी प्रशासन टुलुटुलु हेर्छन
काठमाडौं, २४ पौष । पछिल्लो समय चक्र हेर्दा ३० जिल्लाको व्यापारिक दृष्टिकोणले मुख्य व्यापारिक केन्द्र मानिने बाँके जिल्ला अहिले केही कलम समाउने र आफुलाई सामाजिक अभियन्ता बताउने व्यक्तिको कब्जामा हुँदा पनि स्थानिय प्रहरी प्रशासन मौन रही टुलुटुलु हेरीबसेको एकपछि अर्को गुनासो आउन थालेको छ ।
बाँके जिल्लामा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बांग, जिल्ला प्रहरी कार्यालयका एसपी ओमबहादुर राना र हालै सिआईबीबाट सरुवा भई वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक डिल्ली बहादुर खड्का आएपछि अहिले विशेष गरेर कलम समाउने र आफुलाई सामाजिक अभियन्ता भन्नेहरुको दानापानी पूर्ण रुपमा सुकेको कारण सरकारी कर्मचारीहरुमाथि निशाना बनाई समाचार सम्प्रेषण र भिडियो सार्वजनिक गर्ने गरेको पाइएको छ ।
‘भ्रष्टाचार गर्नु आमालाई बलात्कार गर्नु’ भन्दै तस्करी, चोरी निकासी र गलत काम रोक्न अहोरात्र खटिएका बाँके सिडियो कुरुम्बांगसँगै जिल्ला प्रहरी कार्यालयका एसपी राना र सशस्त्र प्रहरी ३० नम्बरका एसपी अशोक बम अहिले जिल्लाको हरेक नाकामा आफ्ना गुप्तचर अर्थात ब्यूरो टिम लगायतका टोली खटाएका छन् । जिल्लाबाट खटिने टिमका बावजुद नेपाल प्रहरीको प्रदेश कार्यालय र सशस्त्र प्रहरीको केन्द्रिय कार्यालयले समेत आफ्नो विशेष ब्यूरो टिमलाई सक्रिय बनाउँदा गलत बाटोबाट आम्दानी गर्ने केही कलम समाउने र सामाजिक अभियन्ता भनाउँदाको करिब करिब दानापानी सुकेको कारण कसरी हुन्छ बदनाम गराउने कार्यमा सक्रिय देखिएको छ ।
केही सुरक्षा फौजमा सुचना संकलन गर्ने तालिममा गएका छन् भने केही अहोरात्र खटिँदै बाँके सिडियो कुरुम्बांगको अभियानमा साथ दिँदा त्यस्ता गिरोहबाट बदनाम गराउने कार्यमा संलग्न रहेको पाइएको छ । सुरक्षा फौजले विभिन्न नाकाहरुमा टोली खटाएको छ भने सामान बरामद भएपछि कलम समाउने गिरोहले टेलिफोन गरी बरामद सामान छोडिदिन अनुनयविनय गर्दा सामान नछोडिएपछि भोलिपल्ट नै बदनाम गराउने मनसाय राखी समाचार आउने गरेको समेत पाइएको छ ।
सुरक्षाफौजमा कार्यरत सबैलाई नेपाल सरकारले उपलब्ध गराएको तलब, राशन र पोशाकले आफ्नो परिवार पाल्न गारो नहुँदा पनि साँझको रमझम र मदिराको स्वाद चाखेकाहरुको दानापानी सुकेको कारण पानी बिनाको माछा जस्तै छटपटाइ समाचार मार्फत बदनाम गराउने, प्रहरीको कारवाहीमा बाधा पु¥याउने लगायत राष्ट्र सेवकको मनोबल गिराउनको लागि गुण्डागर्दी शैलीमा हरकत देखाई सामाजिक संजालमा भिडियो सार्वजनिक गर्ने गरेको पाइएको छ । तर बाँके प्रहरी प्रशासन मौन भई टुलुटुलु हेरी बस्छ ।
सुरक्षाकर्मीले आफ्नो संचय कोषबाट होस वा पुर्खाको सम्पत्ति बेचेर किन नै नहोस, मोटर साइकल तथा बास बस्नको लागि घर निर्माण गर्दा दानापानी खान नपाएकाहरुले लागि आँखा लगाई बदनाम गरेको पाइएको समेत गुनासो आउन थालेको छ । रुपैडिहाबाट मुंगफली ल्याई नेपालगन्जमा बेचेर परिवारको गुजारा चलाउनेका छोराहरुसँग अहिले करोडौंको सम्पत्ति कहाँबाट आयो ? र अहिले दानापानी सुकेपछि भ्रष्टचारमुक्त बनाउने अभियानमा हिडेको समेत पाइएको छ ।
अहिलेको समय चक्र हेर्दा केही कलम समाउने ग्याँग र आफुलाई सामाजिक अभियन्ता बताउनेको कारण बाँके जिल्ला आतंकित भएको तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका हाई कमाण्डलाई समाचार पठाई बदनाम गराउने भएका कारण जिल्लामा काम गर्ने राष्ट्र सेवकको मनोबल गिराउने प्रयास भइरहेको अधिकांश व्यापारी बताउँछन् । अहिले चोरी निकासी, तस्करी करिब ८० प्रतिशत बन्द हुँदा नेपाल सरकारको राजस्वमा बृद्धि हुनुका साथै स्थानिय व्यापारी अहिले हर्षित समेत भएको बताएका छन् ।