पत्रकारको निशानामा बाँकेका सुरक्षाकर्मी : नकारात्मक समाचारको डरमा भत्ता

पत्रकारको निशानामा बाँकेका सुरक्षाकर्मी : नकारात्मक समाचारको डरमा भत्ता

काठमाडौं, १६ पौष । मुलुकको राजस्व बढाउन तस्करी लगायतका कार्यमा बाँकेका नेपाल प्रहरी र सशस्त्र प्रहरी अहोरात्र खटिंदा अहिले बाँकेका केही पत्रकारले समाचारमार्फत चरित्र हत्या गर्ने लगायतका आरोप लगाई सुरक्षाकर्मीहरुलाई बदनाम गराउने प्रयास गरीरहेको बुझिएको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बाँकेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख लगायत चौकीका इन्चार्जलाई उपस्थित गराई चोरी तस्करी जस्ता कार्यमा सबैले सक्रिय भूमिका खेल्नु पर्ने कुरामा जोड दिई कडा निर्देशन दिएपछि नेपाल–भारतको खुला सिमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी कडा रुपमा परिचालन गरिएको छ भने भन्सार छलेका सामानहरु बरामद गरी भन्सार ब्ुझाउन थालेपछि अहिले बाँकेका केही मिडियाले सुरक्षाकर्मीहरुको व्यापक विरोध गर्दै समाचार बनाउने गरेको व्यापारीहरुले समेत बताएका छन् ।
च्याउ जस्तै उम्रेका तथा नाम नै नसुनेका केही मिडियाकर्मी जमुनाहा नाका र भन्सार कार्यालय चेकप्वाइन्टमा बस्ने गरेको तथा सुरक्षाकर्मीहरुले भन्सार छली ल्याएको सामानको विषयमा सुरक्षाकर्मीमाथि खनिनुको साथै काममा बाधा पु¥याउने गरेको पाइएको छ । हिजोआज बाँकेमा केही मिडियाले जथाभावी परिचय पत्र वितरण गर्ने गरेको तथा जो कोही पनि आफुलाई पत्रकार भनी सुरक्षाकर्मीको कामकारवाहीमा बाधा पु¥याई धम्की दिने तथा भन्सार छली सामान ल्याउनेलाई उक्साउने लगायतका कार्य गरेको पाइएको छ ।
भन्सार छली सामान ल्याउने, रातीको समयमा तस्करी गर्ने लगायत कार्य रोक्न सशस्त्र प्रहरी अहोरात्र खटिएको छ भने जिल्ला प्रहरी बाँकेका ब्यूरो टिम सक्रिय हुँदा गलत कार्यको बोली बोल्दै केही मिडियाहरु सुरक्षाकर्मीको विरोधमा उत्रेको बुझिएको छ । अहिले बाँकेको भन्सार नाका र जानकी गाउँपालिका वडा नं. १ बढैया स्थित सशस्त्र प्रहरीको विओपीले कडाई शुरु गरेपछि तस्करहरुलाई सहयोग गर्ने हेतु केही मिडियाकर्मीले सिफारिस गर्ने गरेको तथा सिफारिस अस्वीकार गरेपछि समाचारमार्फत बदनाम गर्ने गरेको गुनासो आएको छ ।

जानकी गाउँपालिका वडा नं. १ बढैया स्थित सशस्त्र प्रहरीको विओपीले बरामद गरेको सामानहरु
जानकी गाउँपालिका वडा नं. १ बढैया स्थित सशस्त्र प्रहरीको विओपीले बरामद गरेको सामानहरु
जानकी गाउँपालिका वडा नं. १ बढैया स्थित सशस्त्र प्रहरीको विओपीले बरामद गरेको सामानहरु
जानकी गाउँपालिका वडा नं. १ बढैया स्थित सशस्त्र प्रहरीको विओपीले बरामद गरेको सामानहरु


मुलुकको हित र बाँके सिडियो कुरुम्बाङको कडा आदेश अनुसार अहिले बाँकेका नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय हुँदा गलत कार्य गर्ने गिरोह र उक्त गिरोहबाट आफ्नो रोजीरोटी चलाउने केही मिडियाकर्मीहरु आक्रमक रुपमा सुरक्षाकर्मीलाई बदनाम गराउने खालको समाचार सम्प्रेषण गर्नुको साथै ती समाचारको लिंक माथिल्लो निकायमा पु¥याई गाली खुवाउने कार्यमा संलग्न रहेको पाइएको छ ।
अहोरात्र खटिने सुरक्षा अधिकारीको समाचार बन्छ तर गलत कार्यको ईशारामा टेब्ुलमा नै समाचार बन्ने गरेको समेत आरोप लाग्न थालेको पाइएको छ । गलत गर्ने तर राजनीतिक दृष्टिले पहुँचवाला व्यक्तिको ईशारामा कसैको नाम जोडी सुरक्षाकर्मीहरुलाई बदनाम गर्ने गराउने कार्यमा केही मिडियाले सुरक्षा अधिकारीको छबी बिगार्ने र बदनाम गराउने प्रयास गरेको पाइएको छ भने हचुवाको भरमा टेबलमा बसी तयार पारिएको समाचारमा सत्यता नभएको तथा प्रमाण भए तत्काल कारवाही हुने सुरक्षा प्रमुखको भनाई रहेको छ । सुरक्षा प्रमुख भन्छन्–‘पुरानो फोटो राखी समाचार बनाएको पाइएको छ । समाचारमा कुनै सत्यता नै छैन । कही कतै सुरक्षाकर्मीबाट गलत कार्य भएको प्रमाण दिए हामी तत्काल नै कारवाही गर्छौं । समाचार जे जस्तो आएपनि गलत कार्य गर्ने जो कोही किन नहोस्, कानुन अनुसार कारवाही हुन्छ ।’
भत्ताको खेलमा समाचार : लकडाउन पुर्व कुनै पनि कार्यक्रम हुँदा भत्ता नदिए समाचार नआउने डरले जबरजस्ती भत्ता दिई कार्यक्रम हुने गरेको परम्परा व्यापक भएको अधिकांशले गुनासो समेत गरेका छन् । मुलुकको आर्थिक स्थिती कमजोर भइरहेको अवस्थामा बाध्यात्मक रुपमा जिल्लामा भत्ता नदिए समाचार नै नबनेको गुनासो छ । कार्यक्रम संचालन गर्ने अधिकांश संघसंस्थाले हामी भत्ता विरोधी हौं तर भत्ता एउटा बाध्य भएको बताउँदै भत्ता दिने रकम हामी कोभिड–१९ को सहयोगको लागि इच्छुक रहेको बताएको पनि भेटिएका छन् । भत्ताको स्वादमा पल्केकाहरु भत्ता दिएन भने कार्यक्रमको विरोध हुने डरको कारण पनि भत्ता दिनु पर्ने अवस्था रहेको दुखेको पोख्छन् । केही संघसंस्था भन्छन्–‘यस विषयमा बाँके सिडियो साबले हरेक कार्यक्रमको लेखाजोखा राखी भत्ताको लागि छुट्टाइएको रकम कोभिड–१९ को लागि लिए हामी हाँसीहाँसी खुशीका साथ दिन तयार छौं । तर भोलिका दिनमा भत्ता नपाई हाम्रो कार्यक्रमको विरोधमा आउने समाचारको लागि बाँके सिडियो साब हाम्रो पक्षमा खडा हुन जरुरी पनि छ ।’