ईसेतोखरी डटकम लगायत तिन वटा साइट ब्लक : ‘दर्ता नभएका अनलाइनले चरित्र हत्याको समाचार प्रकाशन गरे फौजदारी अभियोग लाग्छ’–सूचना विभाग निर्देशक दहाल

ईसेतोखरी डटकम लगायत तिन वटा साइट ब्लक : ‘दर्ता नभएका अनलाइनले चरित्र हत्याको समाचार प्रकाशन गरे फौजदारी अभियोग लाग्छ’–सूचना विभाग निर्देशक दहाल

ईसेतोखरी डटकम लगायत तिन वटा साइट ब्लक : ‘दर्ता नभएका अनलाइनले चरित्र हत्याको समाचार प्रकाशन गरे फौजदारी अभियोग लाग्छ’–सूचना विभाग निर्देशक दहाल
काठमाडौं, ०५ मार्ग । बाँके जिल्लाबाट दर्ता नगरी अवैध रुपमा संचालनमा रहेका कमल न्यौपानेद्वारा सम्पादित ईसेतोखरी डटकम, भगतराम थारुद्वारा सम्पादित सगरमाथागन्तब्य डटकम र रबिन्द्र सिंह ठकुरीद्वारा सम्पादित परिवेशखबर डट कमको साइट सूचना विभागले बन्द (ब्लक) गरेको सूचना विभागका निर्देशक ईश्वर दहालले बताउनु भयो ।

सूतिकृत र दर्ता नभएका अनलाइनको विवरण प्रेस काउन्सिल नेपालले महानगरीय अपराध महाशाखा काठमाडौंलाई पठाएको पत्र


चरित्रहत्या गरेको समाचार सम्प्रेषण गरेको विरुद्ध महानगरीय अपराध महाशाखामा ईसेताखरी डटकम, सगरमाथागन्तब्य डटकम, परिवेशखबर डटकम र युथटुडेन्यूज डटकम उजुरी परेपछि प्रेस काउन्सिल नेपाललाई सूचीकृत तथा दर्ता भए नभएको जानकारी लिई आवश्यक कारवाहीको लागि सूचना विभाग पठाई साइट ब्लक भएको हो । चार वटा अनलाइनको साइट बन्द हुनु पर्नेमा तिन वटा साइट ब्लकको विषयमा सूचना विभागका निर्देशक दहालले भन्नुभयो–‘छानबिनको क्रममा भर्खरै युथटुडेन्यूज डटकम दर्ता भएको देखिएकोले ब्लक नगरिएको हो ।’
दर्ता नगरी अवैध रुपमा संचालनमा रहेका अनलाइनको हकका सूचना विभागका निर्देशक दहाल भन्नुहुन्छ–‘महानगरीय अपराध महाशाखाको पत्र अनुसार हामीले साइट ब्लक गर्ने कार्य गरेका हौं । तर ती अनलाइनहरुले कसको कसरी चरित्र हत्या गरेको विषयमा हामीलाई प्रमाण प्राप्त भयो भने फौजदारी अभियोगमा कारवाही गर्नको लागि सरोकारवाला निकायलाई पत्राचार गर्छौं । युथटुडेन्यूज डटकमको सन्दर्भमा भने नयाँ दर्ता भएपनि दर्ता हुनु पुर्व पहिला अवैध रुपमा संचालनमा रहेको बखत चरित्र हत्या गरेको समाचार सम्प्रेषण गरेको समाचार प्रमाण प्राप्त भए उसको पनि साइट ब्लक हुनुको साथै फौजदारी अभियोगमा कारवाही गर्नको लागि सिफारिस हुन्छ । सूचना विभागलाई आइतबार चरित्र हत्या गरेको समाचारसहित प्रमाण प्राप्त हुनासाथ तत्काल फौजदारी अभियोगको कारवाहीको लागि हामी पत्राचार गर्छौं ।’
आइतबारसम्ममा अवैध रुपमा संचालन भएका चार वटा अनलाइनद्वारा सम्प्रेषण गरेका समाचारसहित प्रमाण सूचना विभागमा पेश गर्ने बताइनुको साथै दर्ता नभएका अन्य अनलाइनबाट पनि चरित्रहत्या गरेको समाचार सम्प्रेषण गरेको प्रमाण खोजी कार्य तीब्र पारिएको छ भने यता महानगरीय अपराध महाशाखाले सूचना विभागले कारवाहीको लागि सिफारिस पत्र आउना साथ दायाँबायाँ नहेरी तत्काल कानुनी कारवाही अघि बढाइने एक अधिकृतले बताए ।
बाँके जिल्लामा दर्ता नगराई अवैध रुपमा दर्जनको हाराहारीमा अनलाइन न्यूज साइटहरु संचालनमा आएको बताइएको छ । सूचना विभागका एक अधिकारीले भने –‘अवैध रुपमा संचालनमा रहेका यस्ता अनलाइनलाई स्थानिय प्रहरी प्रशासनले तत्कालै कानुनी कारवाही गर्न सक्छ । दर्ता नभई संचालनमा रहेका यस्ता अनलाइनले कसैको चरित्र हत्या गरेको समाचार सम्प्रेषण गरेको पाइएमा स्थानिय प्रहरी प्रशासनले फौजदारी अभियोगको कारवाही गर्न सक्छ । तर पत्रकार भनेपछि स्थानिय प्रहरी प्रशासनले कानुनी कारवाही गर्न नसक्दा यस्ता विकृती गर्नेको भीड बढ्ने क्रम जारी रहेको हो । यस्ता अवैध अनलाइनलाई स्थानिय प्रहरी प्रशासनले कसैको दबावमा नआई काम गर्न सक्नु पर्छ ।’