आतंककारी समूहको बैठक जारी तर राष्ट्रिय अनुसन्धान टोलीलाई अत्तोपत्तो छैन – हतियार पनि छिरेको उच्च स्तरीय सुरक्षा अधिकारीद्वारा आशंका व्यक्त

आतंककारी समूहको बैठक जारी तर राष्ट्रिय अनुसन्धान टोलीलाई अत्तोपत्तो छैन – हतियार पनि छिरेको उच्च स्तरीय सुरक्षा अधिकारीद्वारा आशंका व्यक्त

काठमाडौं, १७ कात्तिक । नेपालमा अहिले राजनीतिक गर्मागर्मी भएको बेला नेपाल सरकारले आंतककारी समूहमा राखेका केही पार्टीको गतिविधि नेपालगन्जमा हुँदा पनि राष्ट्रिय अनुसन्धान कार्यालयले ध्यान नदिएको कुरा आएको छ ।
नेपाल प्रहरीको ६५औं प्रहरी दिवसमा गृह मन्त्री रामबहादुर थापाले सुरक्षा अधिकारीहरुलाई आतंककारी समूहका विरुद्ध खुलेर लाग्ने भनेतापनि नेपालगन्जस्थित राष्ट्रिय अनुसन्धान कार्यालयले भने कुनै चासो दिएको भने पाइएको छैन ।
नेपाल सरकारले आतंककारी समूहको दर्जा दिइएको भएपनि राष्ट्रिय अनुसन्धान कार्यालयको बेवास्ताको कारण उक्त समूहको महिला संघले नेपालगन्ज वडा नं. ४ मा कात्तिक १५ र १६ गते भेरी कर्णाली ब्यूरो स्तरीय बैठक जारी गरेको बिशेष स्रोतले दाबी गर्यो । उक्त बैठकबाट भेरी कर्णाली ब्युरो अन्तरगतका अधिवेशन नभएका जिल्लाहरुमा तत्काल अधिवेशन गरी जिल्लाको नेतृत्व चयन गर्ने निर्णय भएको स्रोतले बतायो । यसैगरी उक्त बैठकमा अन्य राजनीतिक दलका भातृ संगठनका रुपमा रहेका महिला संगठनहरुसंग महिला विरुद्ध हुने सबै खालका हिंसाको सम्बन्धमा सम्वाद र सहकार्यको लागि प्रयास गर्ने केन्द्रिय बैठकका लागि तयारी गर्ने तथा संगठन सदृढीकरण र विस्तार कार्यलाई निरन्तरता दिने निर्णय भएको स्रोतले बतायो । आज अर्थात सोही वडामा उक्त समूहको युवा संघको बैठक तय गरिएपनि हुन नसकेको कारण भने जानकारीमा नआएको स्रोतले बतयो ।
नेपाल सरकारले आतंककारी समूहको दर्जा दिइएको उक्त समूहले मुलुकभित्र केही दुर्घटना गराउनको लागि भारतबाट हतियार भित्र्याएको माथिल्लो निकायले आशंका व्यक्त गर्दै आफ्नो सबै टिम प्रमुखलाई एलर्ट गराएको स्रोतले बतायो । विभिन्न सुरक्षाकर्मीहरुलाई लाइन दिई नेपालगन्ज नजिक बोर्डर भारतको रुपैडिहाबाट चोरी बाटो हुँदै खाद्यान्न, तरकारीको बोरामा हतियार लुकाई ल्याइसकेको र ल्याउने क्रम जारी राखेको उक्त ओहदाका सुरक्षा अधिकारीसँग रिपोर्ट रहेको समेत स्रोतले दाबी गरेको छ । अहिलेसम्म उक्त आतंककारी समूहले कतिको संख्यामा हतियार भित्र्याए भन्ने कुरा एकिन हुन नसकेको बताइएको छ । भारतको रुपैडियाबाट नेपाल भित्रिनेहरुसंग मध्इम तथा ठुला पोका झोला लगायत ठुला ठुला सामान ल्याउँदा पनि सुरक्षामा खटिएका सुरक्षाकर्मीले कुनै वास्ता नगरेको समेत देखिएको छ ।
नेपालगन्ज वडा नं. ४ का दुई दिन भेला बैठक र हतियार ल्याउने कार्य जारी हुँदा पनि बाँके स्थित राष्ट्रिय अनुसन्धान कार्यालयले भने अहिलेसम्म वास्ता नगरेको बताइएको छ । राष्ट्रिय अनुसन्धान कार्यालय नेपालगन्जले जमुनाहामा एक जना असईलाई ड्युटी खटाएको छ तर लामो समयसम्म पनि अहिलेसम्म सरुवा भने नगरेको भनाई समेत आएको छ । उनी जमुनाहामा गएर गफ मात्र लगाएर बसेको तथा वरपरको शंकास्पद एरियामा अहिलेसम्म नहिडेको अधिकांशले हास्यब्यंग्य गर्दै बताए ।