बाँके एसपी रानालाई बदनाम गराउन केही तत्व सक्रिय : सम्पत्ति शुद्धिकरण अनुसन्धान नगर्न एसपी रानामाथि चर्को दबाव

बाँके एसपी रानालाई बदनाम गराउन केही तत्व सक्रिय : सम्पत्ति शुद्धिकरण अनुसन्धान नगर्न एसपी रानामाथि चर्को दबाव

काठमाडौं, १६ कात्तिक । दसैं शुरु हुनु अगावै केही तत्वहरुले मिडियाको सहारा लिई जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानालाई बदनाम गराउन सक्रिय रहेको खुल्न आएको छ ।
एसपी रानालाई जुवा खालबाट हप्ता असुलेको र खोला दोहनबाट प्रति ट्रिपर नगद लिने गरेको कपोकल्पित समाचार प्रकाशित गरी बदनाम गराउने प्रयास गरेको एसपी रानाको सक्रियता सहितको अगुवाईमा झण्डै ३० लाख नगद सहित १० जना करोडपति जुवाडे पक्राउ गरी अनुसन्धान भईरहेको अवस्थामा पनि केही तत्वहरुको सक्रियतामा पुनः केही मिडियाको सहारामा बदनाम गराउने प्रयास गरिएको स्थानिय जनताको भनाई रहेको छ ।
हुन त नेपालगन्जको इतिहासमा एसपी रानाको अगुवाईमा ठुलो धनराशी सहित १० जना जुवाडेहरु पक्राउ पर्नु सम्भवत पहिलो घटना मानिएको छ । एपसी रानाले बुधबार राती करिब ८.३० बजे दौरानमा छापा मारी पक्राउ गरेपछि एसपी रानाले प्रयोग गर्ने तिन वटा मोवाइलको घण्टी भने अहिलेसम्म बजी रहेको स्रोतले भन्यो ।
पक्राउ पर्ना साथै ‘उ मेरो मान्छे हो, उसलाई छोड्नु पर्छ’ भन्दै दबाव दिएपनि केही नलागेपछि अहिले बयान छिटो लिएर छिटो सरकारी वकिल कार्यालयमा पठाउन एसपी रानालाई चर्को दबावमा पारिएको स्रोतले बतायो ।
पक्राउ परेका १० जना जुवाडे मध्ये एक जनालाई राजनीतिक दबावका कारण प्रहरी खोरबाट छुटकारा पाउनको लागि उच्च स्तरिय दबावमा नेपालगन्ज मेडिकल कलेजको आईसियु भेन्टिलेटरमा राखिएको चर्चासँगै भेन्टिलेटरमा भर्ना भएका मुटुको विरामीले भने अस्पताल कक्षबाटै फोटो सेसन गरेको पोष्टबाट प्रहरीले समानता व्यवहार नगरेको स्थानियले आरोप समेत लगाएका छन् ।
प्रहरीले पक्राउ गरेपछि आफ्नो शैलीमा अनुसन्धान गर्न दिनु पर्नेमा केही मिडियाले कपोकल्पित रुपमा समाचार बनाई आंतककारीको संज्ञा दिँएका छन् भने केही प्रहरीमाथि नै आरोप लगाई कपोकल्पित समाचार बनाउन थालेको भेटिएको छ ।
यहाँसम्म की जुवाडेको विषयमा समाचार र स्टाटस पोष्ट गरेपछि जुवाडेका केही आसेपासेले घुमाउरो शैली धम्की समेत दिन थालेका छन् । यस्तो धम्की दिने तत्वहरुलाई समेत प्रहरीले छानबिन र कानुनी दायरामा ल्याउनु पर्ने आम जनताको माग समेत बढ्दो रहेको छ ।
जुवा खालमा रंगेहात ठुलो रकम सहित पक्राउ परेपछि अनुसन्धान हुनु नै पर्नुको साथै रकमको आयस्रोतको खोजी प्रहरीले इमानदारिताका साथ गर्नु पर्नेमा स्थानिय जनता एक मत देखिएका छन् भने सबै जुवाडेहरुलाई कुनै किसिमको चर्को दबावमा नपरी समान व्यवहार गर्नु पर्नेको साथै ठुलो रकम बरामद भएपछि सम्पत्ति शुद्धिकरणको लागि सरोकारवाला निकायलाई थप अनुसन्धान गर्न प्रहरीले सिफारिस गर्न अनिवार्य र जरुरी समेत देखिन्छ ।