एसपी राना आरोपको परीक्षामा उत्कृष्ट नम्बर ल्याए : १० करोडपति जुवाडेसहित करिब ३० लाख नगद बरामद

एसपी राना आरोपको परीक्षामा उत्कृष्ट नम्बर ल्याए : १० करोडपति जुवाडेसहित करिब ३० लाख नगद बरामद

नेपालगन्ज, १३ कात्तिक । जुवा अड्डाबाट रकम असुल्ने भनी केही मिडियाले लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एवम् प्रहरी उपरिक्षक ओम बहादुर रानाले उत्कृष्ट नम्बर ल्याउँदै कपोकल्पित समाचार लेख्ने विरुद्धको मुखका ठुलो बुझो टाँस्न सफल भएका छन् ।
सुराकीको बिशेष सूचनाको आधारमा एसपी रानाको अगुवाईमा बुधबार राती करिब ९ बजे नेपाल प्रहरीका पुर्व असई कृष्ण प्रसाद वलीको बस पार्क नजिकको घरमा छापा मार्दा जुवा खेली रहेका १० जना करोडपतिको समूह जुवा खेली रहेको अवस्थामा रु. २९ लाख ४८ हजार ७ सय नगदसहित ६ गड्डी तास बरामद गरेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार नेपालगन्ज कैं वडा नं. ४ निवासी सन्तोष थापा, वडा नं. ६ निवासी मेघनाथ कुचबन्दिया, वडा नं. ४ निवासी नविन घिमिरे, वडा नं. १० निवासी टोप बहादुर शाही, वडा नं. ४ निवासी पब्लु भण्डारी, वडा नं. ४ निवासी तरुण गौतम, वडा नं. ४ निवासी सन्तोष वली, वडा नं. ४ निवासी कृष्ण बहादुर सुवेदी र वडा नंं १ निवासी रहमान मियालगायतलाई रंगेहातसहित पक्राउ गरी जमुनाहा इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
१० जनाको बयान लिने कार्य भोलीसम्म सिध्याई भोलि नै सरकारी वकिल कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालय, बाँकेमा मिसिल पठाई भोलि नै धरौटी रकम लिई छाड्ने तयारी भइरहेको स्रोतको भनाई छ ।
बाँकेका एसपी रानालाई बदनाम गराउने उद्देश्यले गरिएको फोहरी मिडियाबाजी र उनको छबीमा आँच आउने कार्य भएकोले प्रहरीले बिशेष टोलीका साथै सुराकीहरुलाई सक्रिय गराएकोले अहिलेसम्मकै जुवा खालबाट यति धेरै रकमसहित करोडपतिहरु प्रहरीको फन्दामा परेका छन् ।
बुधबार राती करिब ९ बजे प्रहरीले जुवा खेली रहेको घरमा चौतर्फी घेराबन्दी गरेर छापा मार्न सफल पश्चात एसपी रानालाई अहिले सयौंको संख्यामा जुवाडेहरुलाई छाडि दिन सिफारिस आएको स्रोतले बतायो । स्रोतले भन्यो ‘एसपी राना साबसँग तिन वटा मोवाइल छ, लगातार फोनको घण्टी बजी रहेकोछ । यहाँसम्म की बाथरुम जाँदा पनि एसपी राना साबको मोवाइलमा रिंग बज्न छाडेको छैन ।’ एसपी रानालाई विभिन्न राजनीतिक पार्टीका नेता, व्यापारी नेता र विभिन्न समुदायहरुले कल गरेर छोड्नु पर्ने दबाव दिएको बुझिन्छ ।
बुधबार राती करिब ९ बजेदेखि बिहिबार दिउँसो १ बजेसम्मको एसपी रानाले बोक्ने तीन वटा मोवाइलको कल डिटेल हेर्ने हो भने सिफारिस गर्ने व्यक्तिहरुको नम्बर र नाम आउने तथा सोही अनुसार सिफारिस गर्ने व्यक्तिहरुको नाम समेत सार्वजनिक गर्नु पर्ने पक्षमा स्थानिय जनता एक मत देखिएका छन् ।
यता सिफारिस गर्नेको लर्को लागेको छ भने उता प्रहरी महानिरिक्षक र लुम्बिनी प्रदेशका डिआईजीले एसपी रानालाई ‘कुनै पनि हालतमा नछोड्नु, कानुनी दायरामा ल्याउनु र कसैका सिफारिस आयो भने वास्तै नगर्नु’ दबाव दिएको स्रोतले बतायो ।
नेपाल प्रहरी प्रधान कार्यालयले तिहारपछि एसपीहरुको बढुवा तयारी गरिएको अवस्था र अहिलेसम्म प्राप्त जानकारी अनुसार एसपी राना पहिलो नम्बरमा बढुवा हुने भएकाले नियम विरुद्ध नजाने अडानमा बसेको हुन सक्ने सम्भवना रहेको बुझिएको छ ।
एसपी रानाको अगुवाईमा भएको जुवा अप्रेशन सफल पश्चात भोलिका दिनमा नेपालगन्ज आसपास क्षेत्रमा जुवा नहुने बताइएको छ भने नेपाल–भारत बार्डर बन्द भएको अवस्थामा नेपालगन्जमा संचालित क्यासिनोमा खुलेआम नेपालीहरुले जुवा खेल्दा अहिलेसम्म प्रहरीले कुनै चासो नदिएको स्थानियले आरोप समेत लगाएका छन् । क्यासिनोमा जुवा खेल्न नआई बाहिर–बाहिर जुवा खेलेको रिसको झोंकमा क्यासिनो समूहले एसपी रानालाई जानकारी दिएको हुन सक्ने अधिकांशले आशंका समेत व्यक्त गरेका छन् ।