सांसद राई र मेयर डा. राणाबीच दोहरी : नैतिकताको आधारमा को ले राजीनामा दिने ? मेयर डा. राणाले पत्रकारको नाम निकाल्दै सरासर गलत कुराको सहारा लिए

सांसद राई र मेयर डा. राणाबीच दोहरी : नैतिकताको आधारमा को ले राजीनामा दिने ? मेयर डा. राणाले पत्रकारको नाम निकाल्दै सरासर गलत कुराको सहारा लिए


नेपालगन्ज, १३ भाद्र । भेरी अंचल अस्पतालमा भेन्टिलेटरको लागि छुट्टाइएको डेढ करोड रकम फ्रिज भएपछि अहिले नगरमा प्रतिनिधि सभा सदस्य सांसद मो. इस्तियाक राई र नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणाबीच आरोप प्रत्यारोपको दोहोरो लडाई भइरहेको छ ।


भेरी अंचल अस्पतालमा भेन्टिलेटरको लागि छुट्टाइएको डेढ करोड रकम फ्रिज भएको कुरा मेयर डा. राणाले विज्ञप्ती जारी गरेपछि सांसद राईले पत्रकार सम्मेलन गरेर नै मेयर डा. राणालाई खुला चुनौति दिएभने पुनः मेयर डा. राणाले शुक्रबार पत्रकार सम्मेलन गरी उपमहानगरपालिकाको काममा बाधा पुर्याएको भन्दै आरोप समेत लगाएका छन् ।

2019 October 21 मा नक्कली निवेदनको पर्दाफास


नेपालगन्ज उपमहानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर डा. राणाले एक पत्रकारले उजुरी दिएपछि प्रधानमन्त्री कार्यालयबाट छानबिन टोली आई छानबिन गर्दा लामो समयसम्म विकास निर्माण कार्यमा बाधा पुगेको समेत बताउन भ्याए । जोशमा बोल्दै गर्दा पत्रकारको नाममा नक्कली उजुरी दर्ता गएको विषयमा २०१९ डेसेम्बर २१ मा ध्वनिखबरबाट नक्कली हस्ताक्षर गरी पत्रकारको नाम राखेको विषयमा पर्दाफास लाइभ प्रशारण भएको विषयलाई बिर्सेर मेयर डा. राणाले गलत कुराको सहारा लिन पुगे । नेताहरुले गलत कुराको आडमा जनताको आँखामा धुलो छर्ने कार्य हुने कुरामा अहिले स्थानिय नगरबासी टिकाटिप्पणी गर्न थालेका छन् ।
भेरी अंचल अस्पतालमा भेन्टिलेटरको लागि छुट्टाइएको डेढ करोड रकम फ्रिज भएपश्चात भएको दोहोरीको क्रममा भेरी अंचल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले सफा र सरल शब्दमा मेयर डा. राणाको कारण नगरबासीले भेन्टिलेटरको सुविधाबाट बञ्चित हुन पुगेको आरोपसहितका कुराले फेसबुकलाई रंगाइएको छ ।

२०७७ भाद्र १२ गते नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा मेयर डा. धवल सम्शेर राणाले गलत कुराको सहारा लिई बोल्दै


सांसद राईले पत्रकार सम्मेलन मार्फत र मेयर डा. राणाको पत्रकार सम्मेलन पश्चात दुई पटकसम्म भेरी अंचल अस्पतालमा भेन्टिलेटरको लागि छुट्टाइएको डेढ करोड रकम फ्रिज भएको कुरालाई लिएर आफु दोषी ठहर भए राजनीतिबाट पूर्ण रुपले सन्यास लिने बताएपछि अहिले नेपालगन्ज नगर तातिएको छ ।

नेपालगन्जका जनताको स्वास्थ्यसँग यस्तो भद्दा मजाक गरी कोरोनाका कहरमा भेन्टिलेटरको सुविधाबाट बञ्चित गराउन खोज्ने र राजनीति दुनो सिधा पार्नेतर्फ को दोषी भन्ने कुरा अहिले नगरको कुना कुनामा चर्चा हुन थालेका छन् । नगरभित्र कुना कुनामा भइरहेको चर्चा अनुसार नेपालगन्ज नगरका जनतालाई भेन्टिलेटरको सुविधाबाट बञ्चित गराउन खोज्ने दुई नेता मध्ये कुन नेताको गल्ती हो ? गल्ती गर्ने नेताले नगरबासीबिच माफी मागेर नैतिकताको आधारमा आफ्नो पदबाट राजीनामा दिनु पर्ने कुरामा नगरबासीबिच बहस र टिकाटिप्पणीको माहोल बन्दै गइरहेको पाइएको छ ।