आन्तरिक राजस्व कार्यालयको पत्रलाई नेपालगन्ज उद्योग व्यापार संघले टेरेन ? नक्कली कागजातबाट सदस्य बनाइएको आशंका बढ्यो

आन्तरिक राजस्व कार्यालयको पत्रलाई नेपालगन्ज उद्योग व्यापार संघले टेरेन ? नक्कली कागजातबाट सदस्य बनाइएको आशंका बढ्यो

नेपालगन्ज, २५ साउन
नेपालगन्ज उद्योग वाणिज्य संघकोभाद्र ६ गते हुन लागेको निर्वाचनको क्रममा विभिन्न तथ्य बाहिर आएसँगै निर्वाचनमा अत्यधिक धाँधली हुने कुरा आएसँगै संघमा सदस्यता लिन अर्कोको पान नम्बर प्रयोग गरी सदस्यता बनाएको गुनासोसँगै ध्वनिखबर डटकमले आन्तरिक राजस्व कार्यालयसँग सूचना माग गर्दा तत्काल संघलाई पत्र (चलानी नम्बर ४८३) पठाइ ३६७७ जना व्यवसायको विवरण माग्दै पत्र पठायो ।
संघका एक उम्मेदवारले भने–‘नेपालगन्ज उद्योग वाणिज्य संघमा पत्र पुग्यो, अवैध रुपमा सदस्य बनाएको बिच छलफल हुँदा आन्तरिक राजस्व कार्यालयलाई विवरण दिए अधिकांश फर्मको पोल खुल्ने र सदस्यता खारेज हुने भएकोले संघका प्रमुखले विवरण दिन इन्कार गरे ।’
उनले अगाडी आरोप लगाउँदै थपे–‘विवरण दिए गठबन्धन गरेका उ्म्मेदवारहरु निर्वाचनमा पराजित हुने भएकोले मिलिभगतमा विवरण लुकाईएको छ ।’
सर्वसम्मत हुने विश्वासका साथ तिन समूहबीच एकता गर्दा नविकरणको दस्तुर करिब ९२ लाख बुझाएको एक समूहका नाइकेले ध्वनिखबर डटकमलाई समेत बताउँदै विरोध नगर्न आग्रह गरेको भ्वाइस रिकर्ड सुरक्षित राखिएको छ ।
तर आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत पूर्ण प्रसाद न्यौपाने भन्नु हुन्छ–‘३६७७ को फर्मको आधारमा पान नम्बर भएनभएको खोज्दा समय लाग्छ । शंका लागेको फर्मको लिष्ट आए पान नम्बर लिए नलिएको विषयमा यथार्थ विवरण दिन सकिन्छ ।’
यसैगरी गृह मन्त्रालयका सचिवको तोक आदेश पश्चात र टिप्पणी उठाई सदर भई जिल्ला प्रशासन कार्यालय, बाँकेको नाममा पत्र आउँदा पनि निवेदनमा उल्लेख भए अनुसार निर्वाचन स्थगित गरी छानबिन गर्ने विषयमा सोमबार कुनै कदम चालिएको भने देखिएको छैन ।