काठमाडौं, ११ फागुन । लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा उपप्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठ, नेप्राल प्रहरी आईजीपी बसन्त कुँवर र सशस्त्र प्रहरी आईजीपी राजु अर्याल नेपालगन्ज आउनु भएको दिनमैं खुलेआम खोला दोहनका घटना बाहिर आएको छ । डुडुवा गाउँ पालिकाले ठेक्का प्रथाबाट डुडुवा खोलाबाट नदीजन्य पदार्थको बिक्री वितरणको लागि अश्वास कन्स्ट्रक्सनलाई जिम्मा दिएपछि अहिले अवैध रुपमा खोला दोहन भएको खबर प्राप्त भएको छ । खोलाको ठेक्का पाएका अश्वास कन्स्ट्रक्सनका संचालक एवम् मालिक समसुल राई भने जसपा नेपालका केन्द्रिय नेता तथा पुर्व मन्त्री मो. इस्तियाक राईका आफ्नै साक्कै भान्जा हुन् ।पुर्व मन्त्री मो. इस्तियाक राईका आफ्नै साक्कै भान्जा समसुलले ध्वनिखबर मिडियासंग कुरा गर्दै भने–‘डुडुवा गाउँ पालिकाले खोलामा ४ वटा जेसिभी लैजान लिखित अनुमति पत्र दिएको छ । अनुमति पत्र अनुसार काम गरेका छौं । जेसिभी बिग्रीन सक्ने भएकोले अर्को जेसिभी राखेको हौं ।’
जेसिभी अनुमति दिएको विषयमा डुडुवा गाउँ पालिकाका सुचना अधिकारी संजय कुमार कर्ण भन्नुहुन्छ–‘डुडुवा खोलामा अश्वास कन्स्ट्रक्सनलाई एउटा मात्रै जेसिभी प्रयोग गर्ने अनुमति दिइएको छ ।’
पुर्व मन्त्री मो. इस्तियाक राईका आफ्नै साक्कै भान्जा समसुलले पुर्वमन्त्रीको ध्वाँस देखाउँदै खोलाको बिच भागमा २–३ वटा जेसिभी प्रयोगमा ल्याई खोला दोहन गरेको प्रष्ट देखिएको छ । मामा पुर्व मन्त्री भएका कारण नै भान्जा समसुल राई खोला दोहन गरेको स्थानियले आरोप समेत लगाएका छन् । पुर्व मन्त्री मो. इस्तियाक राईका आफ्नै साक्कै भान्जा समसुलले खुलेआम खोला दोहन गर्दा पनि बाँके प्रहरी प्रशासन भने मौन देखिएको छ । खोला दोहन गरेर लाखौं नभई करोडौंको चलखेल हँुदा सबै निकाय शान्त नै देखिएका छन् ।


दिन दहाडै खोलामा गैर कानुनी रुपमा खोला दोहन गर्न २–३ वटा जेसिभी लगेर अवैध रुपमा खोला उत्खनन् गर्नुको साथै खोलामा काम गर्ने समय विहान ६ देखि साँझ ६ बजे भएपनि खुलेआम रातीको समयमा खोलाबाट नदी जन्य पदार्थ ओसारपोसार गर्ने कार्य हुँदा पनि नजिकका नेपाल प्रहरीका चौकी र सशस्त्र प्रहरीका विओपीले वास्ता नगर्दा रहस्यमय नै मानिएको छ ।