काजमा आएका बाँके सिडियो र एसपीले काम गर्न सकेनन, सशस्त्र प्रहरी एसपी इमानदारितामा अडिग रहे

काजमा आएका बाँके सिडियो र एसपीले काम गर्न सकेनन, सशस्त्र प्रहरी एसपी इमानदारितामा अडिग रहे

काठमाडौं, ०८ पुष । राजधानी स्थित केन्द्रिय सुरक्षा परिषदको बैठकको निर्णय भएपछि गृह मन्त्रालयले काज सरुवा गर्दै बाँके जिल्लामा सिडियो र जिल्ला प्रहरी कार्यालयका एसपीलाई पठाएको दुई महिना बिति सक्दा पनि काम गर्न नसकेको महसुस गरिएको छ । यसैगरी सशस्त्र प्रहरी महानिरिक्षकको आदेशको पालना गर्दै तस्करी तथा गैर कानुनी कार्य रोक्न सशस्त्र प्रहरी एसपी अहोरात्र खटिएको पाइएको छ ।
गृह मन्त्रीको आर्शिवादका कारण दुई महिनादेखि बाँके सिडियो र एसपीलाई काज पठाइयो । मिडियाबाट काम गर्न नसकेको भन्दै बाँके सिडियो र एसपीको विरोध पनि भयो तर गृह मन्त्रालयले कानमा तेल हालेर बस्यो । शनिबार नेपाल प्रहरी आईजीपी बसन्त कुँवर नेपालगन्जमा पुगेको तथा रात्री भोजमा काजमा गएको बाँके सिडियो र एसपीले आईजीपी कुँवरलाई पर्दाफास गर्ने पत्रकारको बारेमा खराब ब्रिफिंग समेत गरेको विशेष स्रोतले दाबी ग¥यो ।
ध्वनिखबर मिडियाले बाँके सिडियो र एसपीले क्यासिनोमा प्रतिबन्धित भारु रोक्न नसकेको, खुलेआम अवैध जुवा रोक्न नसकेको, महोत्सवमा खुलेआम मदिरा गुटका लगायत सुर्तिजन्य पदार्थ रोक्न नसकेका लगायत तस्करी रोक्न नसकेको समाचार मार्फत सार्वजनिक गरेको विषयमा चित्त बुझ्दा आईजीपी कुँवरलाई खराब ब्रिफिंग गरेको हुन सक्ने भन्दै नेपाल प्रहरीले उच्च तहका हाकिमले बताएका छन् ।
यसैगरी सशस्त्र प्रहरी बल संगठनको नीति निर्देशनको पालना गर्दै सशस्त्र प्रहरी बल ३० नम्बरका एसपीले अहोरात्र खटिएर तस्करी रोक्न एकलो सिपाही (वन मेन आर्मी) रुपमा काम गरी रहेको नेपालगन्जका जनताले महसुस गरीगरेका छन् । सशस्त्र प्रहरी बल ३० नम्बर अन्तरगत जमुनाहा विओपीको डिएसपीको कमाण्डमा रहेका टोलीले प्रतिबन्धित भारु खानतलासी गरी बरामद गरेका छन् । तर प्रतिबन्धित भारुको बिषयमा बाँके सिडियो र जिल्ला प्रहरी कार्यालय एसपीले कुनै चासो दिएको देखिएको छैन । अर्को शब्दमा काजमा गएका हाई कमाण्डको आर्शिवादको कारण प्रतिबन्धित भारु, अवैध जुवा र तस्करी मौलाएको पाइएको छ ।
काज सरुवामा गएका बाँके जिल्लामा सिडियो र जिल्ला प्रहरी कार्यालय एसपीको रवैयामा विषयमा आइतबार विहान गृह मन्त्री, अन्य केही मन्त्री र गृह मन्त्रालयमा जानकारी गराई सकेको छ । साथै केही मन्त्रीले ध्वनिखबर मिडियाको गैर कानुनी कार्य रोक्ने यो अभियानमा साथ दिने प्रतिबद्धता जनाउनु भएको छ ।