गृह मन्त्रीको निर्देशन र आईजीपी सचिवालयको परिपत्रलाई लत्याउँदै बाँके कोहलपुरका डिएसपीले घुमुवा प्रहरी राखे

गृह मन्त्रीको निर्देशन र आईजीपी सचिवालयको परिपत्रलाई लत्याउँदै बाँके कोहलपुरका डिएसपीले घुमुवा प्रहरी राखे

काठमाडौं, २१ बैशाख । जिल्लाहरुमा घुमुवा प्रहरीद्वारा गैर कानुनी रुपमा बलजफ्ती रकम असुलेको गुनासो आएपछि गृह मन्त्री रबि लामिछानेले प्रदेशका सम्पूर्ण प्रदेश कार्यालय, सम्पूर्ण जिल्ला प्रहरी कार्यालय लगायत मातहतका इलाका प्रहरी कार्यालयले सादा पोशाक अर्थात घुमुवा प्रहरी नराख्ने भनी सार्वजनिक रुपमा निर्देशन दिए लगत्तै नेपाल प्रहरी आईजीपी सचिवालयले ७ वटै प्रदेश प्रहरी कार्यालयलाई परिपत्र पठाएको छ ।

गृह मन्त्री रबि लामिछानेको निर्देशन पछि आईजीपी सचिवालयले जारी गरेको परिपत्र अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालयले
मातहतमा रहेको १२ जिल्लालाई घुमुवा प्रहरी नराख्ने भनी गरेको परिपत्र ।

यसै गरी प्रदेश कार्यालयले आफ्नो मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालयलाई सादा पोशाक अर्थात घुमुवा प्रहरी नराख्ने भनी परिपत्र समेत गरेको छ गृह मन्त्री रबि लामिछाने, आईजीपी सचिवालय र प्रदेश प्रहरी कार्यालयबाट जारी गरिएको परिपत्रलाई लत्याउँदै बाँकेस्थित कोहलपुर इलाका प्रहरी कार्यालयले सई गोपाल मल्लको नेतृत्वमा घुमुवा प्रहरी राखेको प्रहरी स्रोतले बताएको छ । कोहलपुर इप्रकाका डिएसपी धर्मराज भण्डारीले गृह मन्त्री रबि लामिछाने, आईजीपी सचिवालय र प्रदेश प्रहरी कार्यालयबाट जारी गरिएको परिपत्रलाई लत्याउँदै सई गोपाल मल्लको नेतृत्वमा बरिष्ठ हवलदार मान बहादुर हमाल, बरिष्ठ हवलदार इन्द्र शाही र प्रहरी जवान सौरभ रानालाई सादा पोशाकमा घुमुवा प्रहरी छोडेका छन् । यस विषयमा कोहलपुर इप्रकाका डिएसपी धर्मराज भण्डारी भन्छन्–‘परिपत्रको बारेमा थाहा भएन, यिनीहरु म आउनु भन्दा पहिलादेखि नै सादा पोशाक अर्थात घुमुवा प्रहरीको रुपमा काम गरी रहेका छन् ।’
कोहलपुर इप्रकाका डिएसपी धर्मराज भण्डारी सिआईबीमा काम गरेकोले प्रहरीको माथिल्लो कमाण्डर र गृह मन्त्रालयका केही अधिकारीसंग राम्रो सम्बन्ध भएको कारण गृह मन्त्री रबि लामिछाने, आईजीपी सचिवालय र प्रदेश प्रहरी कार्यालयबाट जारी गरिएको परिपत्रलाई लत्याउँदै आफुखुशी घुमुवा प्रहरी राखेर आम्दानीको स्रोत बनाएको प्रहरी भित्र नै टिकाटिप्पणी हुन थालेको छ ।
कोहलपुर इप्रकाका डिएसपी धर्मराज भण्डारीले घुमुवा प्रहरी राखेको विषयमा केही दिन पुर्व ध्वनिखबर डटकमले प्रत्यक्ष समाचार (लाइभ) मार्फत समाचार सार्वजनिक गरेको भोलि पल्ट घुमुवामा छोडेका प्रहरीलाई बर्दीमा ड्यूटी गर्न लगाएको भोलि पल्ट पुनः ती प्रहरीहरुलाई घुमुवामा छाडेका छन् ।
कोहलपुर इप्रकाका डिएसपी धर्मराज भण्डारीले अवैध रुपमा छाडेका घुमुवा प्रहरीबाट अहिले कोहलपुर क्षेत्रका अधिकांश व्यापारी, उद्योगपति लगायत व्यक्तिहरुलाई आतंकित समेत भएको गुनासो आएको छ ।