सिडियो र एसपीको नाम बेच्दै जमुनाहा क्षेत्रमा ई–रिक्साबाट २० प्रतिशत अवैध असुली गर्दै

सिडियो र एसपीको नाम बेच्दै जमुनाहा क्षेत्रमा ई–रिक्साबाट २० प्रतिशत अवैध असुली गर्दै
नेपालगन्ज, २५ चैत्र । यहाँस्थित नेपाल–भारत सिमा जमुनाहा क्षेत्रबाट संचालनमा रहेको ई–रिक्सा चालकमा सवार यात्रुहरुबाट भाडा उठाई २० प्रतिशत कट्टा गरी ई–रिक्सावालालाई दिई अवैध असुली गरेको पाइएको छ ।
जमुनाहा क्षेत्रबाट संचालनमा रहेको ई–रिक्सामा यात्रा गर्ने यात्रुहरुबाट भाडा वापत रकम संकलन गरी ई–रिक्सावालाले पाउनु पर्ने सवारी भाडा नपाई २० प्रतिशत कम रकम पाएको अधिकांशले गुनासो गरेका छन् । नेपालगन्जमा स्थित केही यातायात समितिको एक गुटले बाँके सिडियो र एसपीबाट अनुमति लिई रकम उठाएको भन्दै असुली धन्धा चलाई रहेको पाइएको गुनासो प्राप्त भएको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौर भन्नुहुन्छ –‘कुनै पनि यातायात समितिले यस्तो प्रकारको अनुमति पाएको छैन । यस विषयमा पीडित कुनै पनि ई–रिक्सावालाले गुनासो गर्न आएको पनि छैन । यसरी अवैध रुपमा असुली गर्नु गैरकानुनी हो । यस विषयमा पत्ता लगाएर तत्काल रोक्ने कार्य हुन्छ ।’

बाँके सिडियो र एसपीको नाम बेच्दै यात्रुहरुबाट अवैध रुपमा भाडा असुली गर्दै समितिका कर्मचारी ।


नेपाल–भारत सिमा जमुनाहा नाकामा प्रहरी निरिक्षकको कमाण्डमा नेपाल प्रहरीको जमुनाहा ईलाका प्रहरी कार्यालय छ भने डिएसपीको कमाण्डमा सशस्त्र प्रहरी बलको जमुनाहा विओपी छ । यसैगरी लुम्बिनी प्रदेश प्रहरी कार्यालयको प्रहरी निरिक्षकको कमाण्डमा ब्यूरो टिम पनि जमुनाहा नाका वरपर सिभिलमा घुमी रहेको पाइएको भएपनि प्रहरीकै अगाडि नै बाँके सिडियो र एसपीको नाम बेच्दै अवैध असुली गर्दा पनि बाँके प्रहरी प्रशासनले कुनै चासो देखाएको भने पाइएको छैन ।