डायमण्ड प्यालेस होटलको कब्जामा जुंगे महादेव र ऐलानी १६ कठ्ठा जग्गा ? मेयर प्रशान्त बिष्टको दबावमा बाँके सिडियो मौन भएको जनताको आरोप : जनताको आशा ‘सिआईबी’ तर्फ (repost this news, some dogs reported to hide this news)

डायमण्ड प्यालेस होटलको कब्जामा जुंगे महादेव र ऐलानी १६ कठ्ठा जग्गा ? मेयर प्रशान्त बिष्टको दबावमा बाँके सिडियो मौन भएको जनताको आरोप : जनताको आशा ‘सिआईबी’ तर्फ (repost this news, some dogs reported to hide this news)
जग्गा धनी खेमानाथ उपाध्यायले दान गरिदिएको मालपोत बांकेको लिखत पत्र
नापी कार्यालयबाट प्राप्त दान गरिदिएको जग्गाको नक्सा
काठमाडौं, ०९ फागुन । नेपालगन्ज वडा नं. २ स्थित डायमण्ड प्यालेस होटलले शंकर भगवानको नाममा दानमा दिएको १२ कठ्ठा र ऐलानी ४ कठ्ठा जग्गा हडपेको तथ्य अहिले बाहिर आएको छ । होटलले जग्गा हडपेको कुरा सार्वजनिक भएपनि नेपाली काँगे्रसका हस्ती सांसद गगन थापा र सांसद किशोर सिंह राठौरको विशेष आर्शिवाद पाएका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको क्यासिनोहरुसंग भित्री शेयर तथा राम्रो सम्बन्धको साथै होटलसँगको सेटिंग भएको कारण बाँके सिडियोमाथि छानबिन नगर्न दबाव दिएको स्थानियले आरोप समेत लगाएका छन् ।
लुटपाटको घटनामा आरोपितको बिगो रकम कम गर्न नेपालगन्ज उपमहानगरपालिकाका मेयर नगरप्रहरी लिएर बाँके प्रशासनको मुद्दा फाँटलाई घेराबन्दी गरी जबरजस्ती बाँके सिडियोलाई दबाव दिई रु. ५० हजार कम गरेको सार्वजनिक भइसकेपछि मेयर बिष्टले रकमको लागि जे पनि गर्न सक्ने स्थानिय नगरबासीले आरोप समेत लगाएका छन् ।
ध्वनिखबरलाई प्राप्त कागजात अनुसार बागेश्वरी मन्दिर परिसरमा रहेको जुंगे महादेव शंकर भगवानको पुजाअर्चना र भक्तजनहरुको खानपिनको लागि स्थानिय खेमा नाथ उपाध्यायले मालपोत कार्यालय बाँकेमा कागज गरी शंकर भगवानको लागि दिएको १२ कठ्ठा जग्गा अहिले डायमण्ड प्यालेस होटलको कपाउण्डभित्र रहेको स्थानियले बताएका छन् । यसैगरी स्थानियका अनुसार सरकारी ऐलानी ४ कठ्ठा जग्गा पनि होटलले हड्पेको छ । यसरी होटलले १६ कठ्ठा जग्गा हडपिंदा पनि नेपालगन्जका मेयर प्रशान्त विष्टले हडपेको जग्गा खोजी गर्न कुनै चासो समेत लिएका छैनन ।
डायमण्ड प्यालेस होटलका छिमेकी तथा बाँकेस्थित एमालेका बरिष्ठ नेताहरुले होटलले हड्पेको जग्गा फुकुवा गर्नु पर्नेमा जोड दिएका छन् । एमालेका बरिष्ठ एक नेताले भने –‘जग्गा हडपिने कार्य अग्रवालको पालादेखि नै भएको हो । पैसाको पावरमा कोही पनि बोलेनन् । तत्कालिन मेयर डा. धवल सम्शेर राणा पनि मौन नै बसे । अहिले होटलले अझै हडपेको छ । मालपोतमा सबै कागजात गायब पारिएको छ । मसंग नापी कार्यालयको पुरानो ट्रयास नक्सा छ, त्यसमा प्रष्ट हेर्न सकिन्छ । स्थानिय स्तरका निकायबाट केही हुँदैन । यसको सिआईबी समूलले सुक्ष्म छानबिन गर्यो भने १६ कठ्ठा जग्गा फुकुवा हुन्छ ।’
शंकर भगवानको लागी तत्कालिन समयका शंकर भगवानका पूजारी स्वर्गिय भोलानाथ जोगीले रेखदेख गर्ने गरी बांके जिल्ला कारकादौ मौजा अन्तरगतको मोठ नम्बर ११३ को नम्वरी जग्गा बिगाह बिक्रम सम्वत २०१४ साल फागुन २९ गते बुधबारका दिन खेमानाथ उपाध्यायले दान गरिदिएको मालपोत बांकेको लिखत पत्रमा उल्लेख गरिएको छ ।
शंकर भगानको नाममा दान दिईएको उक्त जग्गाको रेखदेख तथा संरक्षण नभएपछी तत्कालिन मालपोत अधिकृत केशव अमात्यले ११३ नम्बर मोठबाट कायम भईआएको ४३६ नम्बर कित्ताको १२ कटठा जग्गा आफनो नाममा कायम गराई पछी दिपेन्द्र अग्रवाललाई प्रति कटठा २ लाखका दरले बिक्री गरेको भनाई पाईएको छ ।
बागेश्वरी मन्दिर नजिकै हनुमानगढी मन्दिर र काली माताको मन्दिर पश्चिम नेपालगञ्ज सुर्खेतरोडसगै जोडिएको उक्त जग्गा ततकालिन सिग्नेट होटेलका मालिक रहेका दिपेन्द्र अग्रवालले बांकेका तत्कालीन मालपोत अधिकृत केशव अमात्यबाट प्रति कटठा २ लाखका दरले १२ कटठा, सुर्खेतरोडमा जोडिएको केशरमान श्रेष्ठबाट १ कटठा र ऋषि तथा नर्मदा खनालको नाममा रहेको १ कटठा गरि जम्मा १४ कटठा जग्गा दीपेन्द्र अग्रवालको नाममा नामसारी भएको देखिन्छ ।
त्यसपछी पनि त्यस क्षेत्रमा रहेको थप अन्य ऐलानी जग्गा मध्ये थप ४ कठ्ठा जग्गा मालपोत, भुमिसुधार र नापी कार्यालयका ततकालीन कर्मचारीहरुसंग मिलेर दीपेन्द्र अग्रवालकै समयमा नगद मिलेमतोमा प्रपञ्च रचेर जग्गा हडपेको देखिन्छ ।
स्थानिय नगरबासीको भनाई अनुसार नेपालगन्जमा संचालित क्यासिनोमा मेयर बिष्टको भित्री शेयर रहेको तथा सिटी प्यालेस होटलको क्यासिनोमा मेयर विष्टले आफ्नै ससुरालाई जागिरमा लगाएपछि छानबिन त परै जावोस क्यासिनो विरुद्ध एक शब्द पनि बोल्न सक्ने हिम्मत नगरेको भनाई पाइएको छ । साथै डायमण्ड प्यालेस होटल संचलनमा आएपछि ५ तारे स्तरको क्यासिनो समेत संचालन गर्ने योजना रहेकोले मेयर बिष्टले १६ कठ्ठा जग्गा हडपे पनि केही नबोल्ने कसम नै खाएको स्थानिले आरोप लगाएका छन् । साथै डायमण्ड प्यालेस होटलका संचालक मालिक सुरेन्द्र बहादुर सिंहले बाँके सिडियोलाई छानबिनको लागि खुला चुनौति दिएको अडियो ध्वनिखबर मिडियाले सार्वजनिक गरीसकेको छ ।
डायमण्ड प्यालेस होटलका संचालक मालिक सुरेन्द्र बहादुर सिंहले बाँके सिडियोलाई छानबिनको लागि खुला चुनौति दिएको अडियो

repost this news, some dogs reported to hide this news