संक्रमितको संख्या ४० हजार नाघ्यो : उपत्यकामा ४ सय ८१ संक्रमित

संक्रमितको संख्या ४० हजार नाघ्यो : उपत्यकामा ४ सय ८१ संक्रमित

काठमाडौं, १६ भाद्र । पछिल्लो २४ घण्टामा १ हजार ६९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३४४ महिला र ७२५ पुरुष गरी १ हजार ६९ जना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
यस्तै उपत्यकामा ४८१ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौं ३९३ भक्तपुर ३० र ललितपुरमा ५८ संक्रमित थपिएका हुन् ।
सोमबार उपत्यकाका तीन जिल्लामा गरी २ सय ९८ जना संक्रमित थपिएका थिए । आइतबार ४ सय २९ संक्रमित भेटिएको थियो भने सोमबार उपत्यकामा संक्रमितको संख्या घटेको भए पनि मंगलबार फेरि बढेको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुने मध्ये महोत्तरीकी ४ वर्षीया बालिकासहित १० जना पुरुष रहेका छन् ।
जसमध्ये महोत्तरीका १, पर्साका ३, सिरहाका १, चितवनका १, बाराका १, काठमाडौका २ र मकवानपुरका २ जना रहेका छन् । यो सँगै मृतकको संख्या २३९ पुगेको छ ।