काठमाडौं, ०९ साउन । जिल्ला प्रहरी कार्यालय, बाँकेको मातहतमा रहेको साई गाउँ इलाका प्रहरी चौकीले तस्करी भईरहेको सूचना पाएपछि करिब ६ लाख बराबरको भन्सार छली ल्याउन लागेको अवस्थामा सामान बरामद गरेको छ ।
बुधबार विहानै भारतीय सिमा नाका रुपैडिहा हुँदै पचपोखरा आउने क्रममा सुराकीको आधारमा साई गाउँ प्रहरी चौकीका इन्चार्ज सई विष्णु शाहीसहितको टोलीले करिब ६ लाख बराबरको सुर्तीजन्य, मोविल र कपडा बरामद गरेको हो । यति ठुलो मात्रामा अवैध सामान बरामद गरेको साई गाउँ प्रहरी चौकीको पहिलो इतिहास रहेको बताइएको छ ।



नेपालगन्जस्थित ध्वनिखबरको सम्वाददाताले दिएको जानकारी अनुसार तस्करी हुने कार्यमा केही नयाँ आगन्तुक कलम समाउने गिरोहको संलग्नता रहेको अपुष्ट जानकारी आएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी तुल बहादुर कार्कीले बाँके जिम्मेवारी सम्हालेपछि तस्करी कार्य पूर्ण रुपमा रोक्न अहोरात्र खटिएको पाइएको छ भने अहिले खुलेआम तस्करी नहुँदा कलम समाउनेको आम्दानी समेत सुकेको समेत अपुष्ट रुपमा बताइएको छ ।