विवेकशिल नेपाली दलकी नेतृ रन्जु सहित आधा दर्जन पक्राउ

विवेकशिल नेपाली दलकी नेतृ रन्जु सहित आधा दर्जन पक्राउ

काठमाडौं, ३० बैशाख । भारतले दार्चुलाको लिपुलेकमा सडक बनाएको विरोधमा प्रदर्शन गर्न काठमाडौंको माइतिघर पुगेका विवेकशिल नेपाली दलका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले विवेकशिल नेपाली दलकी नेतृ रन्जु दर्शना सहित आधा दर्जन युवाहरुलाई पक्राउ गरेको हो । माइतिघरमा विरोध प्रदर्शन गर्नका लागि जम्मा हुँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु भारतले नेपालको दार्चुलाको लिपुलेकमा सडक बनाएको विरोधमा प्रर्दशन गर्न मंगलबार दिउँसो माइतिघर पुगेका थिए । तर प्रदर्शन गर्न नपाउँदै प्रहरीले उनीहरुलाई पक्राउ ग¥यो । प्रहरीले लकडाउनको अवस्थामा भिडभाड गरी प्रर्दशन गर्न लागेको भन्दै पक्राउ गरेको हो ।