जेल सजायँ पाएका नगरप्रहरीलाई अघि सार्दै मेयर डा. राणाले पुरानो संरचना भत्काई ताण्डव देखाए

जेल सजायँ पाएका नगरप्रहरीलाई अघि सार्दै मेयर डा. राणाले पुरानो संरचना भत्काई ताण्डव देखाए

नेपालगन्ज, १३ असोज । गाई हत्या काण्डमा सम्मानित सुर्खेत जिल्ला अदालतले जेल सजायँ पाएका नगरप्रहरीको टिमलाई अघि सार्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणाले ताण्डव देखाउन शुरु गरेका छन् ।
टिन मर्मतको लागि सामान्य रुपमा निर्माण गरिएको संरचनालाई भत्काउन पत्र पठाउँदै बोर्ड बैठकमा अन्य वडा अध्यक्षको असहमतीमा वडा नं. १० का वडा अध्यक्ष विन्दु भुषण बस्नेतले जबरजस्ती भत्काउनु पर्छ भनी पास गराएको भोलि पल्ट नै सम्मानित जिल्ला अदालतबाट जेल सजायँ पाएका नगर प्रहरी प्रमुख सूर्य बोगटी र असई विकास गौतमको अगुवाईमा टिम पठाएर कानुनलाई मिच्दै कुनै लिखित जानकारी बिना र बोर्ड बैठकको निर्णय बिना पुरानो संरचना भत्काई मेयर डा. राणाले ताण्डव समेत देखाएका छन् ।
मेयर डा. राणाले यतिसम्म ताण्डव देखाए की खानेपानी कार्यालयले वितरण गरेको पाइपलाई समेत क्षति पु¥याई पानी पिउनबाट समेत बञ्चित गराउन लगाएका छन् ।
ध्वनिखबर डटकमले मेयर डा. राणाको नकारात्मक समाचारको पर्दाफास गर्नुको साथै जेल सजायँ पाएका नगर प्रहरीको समाचार बारम्बर आएको कारण बदला लिन तथा वडा नं. १० वडा कार्यालयमा वडा अध्यक्ष विन्दु भुषण बस्नेतको साथमा सदस्य मनोज शाहीले कोभिडको लागि छुट्टाइएको रु. १० लाख रकम हिनामिना गरेको जनताको आवाजलाई बुलन्द गरेको समाचार सार्वजनिक भएपछि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणाको साथमा यी पुरै टिमले बदलाको भावनाका साथमा पुरानो संरचना भत्काउनुको साथै खानेपानी कार्यालयले वितरण गरेको पाइप लाइनलाई समेत क्षति पुर्याई पिउने पानीबाट समेत बञ्चित गराएका छन् ।


नेपालगन्ज उपमहानगरपालिकाको डोजरलाई दुरुपयोग गरी वडा नं. १० का वडा सदस्य मनोज शाहीले भत्का–भत्का भन्दै उक्साएका थिए भने जेल सजायँ पाएका असई बिकास गौतमले डोजर चालकलाई हकार्दै पुरानो संरचना भत्काउन लगाएका थिए । यसैगरी नेपालगन्ज उपमहानगरपालिकाका नापी शाखाका इन्चार्ज पवन अर्यालले पुरानो संरचना मापदण्ड विपरित छ भन्दै भत्काउन उस्काएका थिए । जमुनाहादेखि राँझासम्म ४ लेनको सडक निर्माण हुने क्रममा सडकलाई आवश्यक पर्ने जमिन मात्र लिने र त्यसपछि निर्माण भएका संरचना नभत्काउने सर्वदलिय सहमती समेत भएको थियो भने मन्त्रीपरिषदबाट २१ मिटरसम्मका कुनै पनि संरचना नभत्काउने निर्णय समेत भएको थियो ।
नेपाल सरकारको मन्त्री परिषदको निर्णय र सर्वदलिय समहतीलाई बेवास्ता गर्दै मेयर डा. राणा, वडा नं. १० वडा अध्यक्ष बस्नेत, सदस्य मनोज शाही, नापीका पवन र सम्मानित सुर्खेत जिल्ला अदालतबाट जेल सजायँ पाएका नगरप्रहरी प्रमुख सूर्य बोगटीका साथमा असई बिकास गौतमले ताण्डव देखाउँदै जबरजस्ती पुरानो संरचना भत्काएका छन् । मेयर डा. राणा एण्ड टिम नाइकेबाट पुरानो संरचना भत्काउने ताण्डवबाट करिब रु. २ लाख बराबरको क्षति हुन पुगेको छ ।